राष्ट्रिय समाचार

नेपाल टेलिकमको दसैं–तिहार अफर : इन्टरनेट जडान निःशुल्कदेखि डाटा र भ्वाइसमा छुटसम्म

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

२५ असोज, काठमाडौं । नेपाल टेलिकमले दसैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘दसैं–तिहार अफर २०८३’ सार्वजनिक गरेको छ। अफरमा एफटीटीएच इन्टरनेट जडान शुल्क छुट, वार्षिक इन्टरनेट प्याकेजमा थप एक महिना सुविधा तथा सहुलियत दरमा मोबाइल डाटा, भ्वाइस र एसएमएस प्याकेज समेटिएका छन्।

लोक कल्याणकारी विज्ञापन

कम्पनीका अनुसार असोज २५ देखि कात्तिक ३० गतेसम्म नयाँ एफटीटीएच सेवा जडान गर्ने ग्राहकले ५०० रुपैयाँ जडान शुल्क तिर्नुपर्ने छैन। त्यस्तै, १००, १५० र २०० एमबीपीएसका नयाँ वार्षिक प्याकेज खरिद गर्ने ग्राहकले एक महिना थप सुविधा पाउनेछन्। प्याकेजसँग बोनसका रूपमा प्राप्त हुने मोबाइल डाटा पनि १३ महिनासम्म प्रयोग गर्न सकिनेछ। भर्चुअल सेट–टप बक्ससहितको प्याकेजमा भने यसअघि नै एक हजार रुपैयाँ छुट उपलब्ध छ।

लोक कल्याणकारी विज्ञापन

मोबाइल प्रयोगकर्ताका लागि टेलिकमले ४९९ रुपैयाँमा दैनिक पाँच जीबी र ६९९ रुपैयाँमा दैनिक १० जीबी डाटा सीमासहितका ‘फेस्टिभल अनलिमिटेड’ प्याकेज ल्याएको छ। तोकिएको दैनिक डाटा सीमा सकिएपछि पाँच जीबी प्याकेजमा बाँकी अवधिभर दुई एमबीपीएस र १० जीबीको प्रिमियम प्याकेजमा तीन एमबीपीएस गतिमा असीमित डाटा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ।

बिज्ञापन

त्यस्तै, २५० रुपैयाँमा सबै नेटवर्कमा एक हजार मिनेट भ्वाइस कल गर्न सकिने ‘जोयफुल मिनेट्स’ प्याकेज उपलब्ध हुनेछ। ९९ रुपैयाँमा नेपाल टेलिकमकै नेटवर्कभित्र एक हजार एसएमएस पठाउन सकिने ‘फेस्टिभ म्यासेज’ प्याकेज पनि ल्याइएको छ। यी सबै मोबाइल प्याकेजको अवधि ३० दिनको हुनेछ।

मोबाइल प्याकेज खरिद गर्न चाहने ग्राहकले असोज ३० देखि कात्तिक ३० गतेसम्म सेवा लिन सक्नेछन्। त्यसका लागि मोबाइलबाट 141511# डायल गर्न वा नेपाल टेलिकमको एप प्रयोग गर्न सकिनेछ।

चाडपर्वका बेला आफन्त तथा साथीभाइसँग सम्पर्कमा रहन सहज बनाउनुका साथै डिजिटल सेवाको प्रयोग बढाउन अफरले सहयोग पुग्ने विश्वास कम्पनीले लिएको छ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन