कैलाली

जानकी बेलासपुरमा सामूहिक सरसफाइ, वर्षमा चारपटक अभियान चलाउने प्रतिबद्धता

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

२५ असोज, जानकी । ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ भन्ने नारासहित जानकी गाउँपालिका–१ स्थित बेलासपुर गाउँमा सामूहिक सरसफाइ अभियान सञ्चालन गरिएको छ। आउँदै गरेका चाडपर्वलाई लक्षित गरी आइतबार गाउँवासीको सहभागितामा सडक, टोल तथा सार्वजनिक स्थानमा सरसफाइ गरिएको हो।

लोक कल्याणकारी विज्ञापन

अभियानका क्रममा गाउँका सडक तथा सार्वजनिक स्थल सफा गर्नुका साथै सडक किनारमा रोपिएका फूलबिरुवाको गोडमेल गरिएको थियो। सरसफाइपछि गाउँलाई स्वच्छ, सुन्दर र हरियालीयुक्त बनाउने प्रयास गरिएको स्थानीयले बताएका छन्।

लोक कल्याणकारी विज्ञापन

गाउँको निर्णयअनुसार अब प्रत्येक तीन महिनामा एकपटक, वर्षमा चारपटक सामूहिक सरसफाइ अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाइएको छ। नियमित सरसफाइमार्फत गाउँको वातावरण स्वच्छ राख्नुका साथै सार्वजनिक स्थलको संरक्षण गर्ने उद्देश्य रहेको छ।

बिज्ञापन

अभियानले गाउँवासीबीच एकता, सहकार्य र सामुदायिक जिम्मेवारीबोध बढाउन सहयोग पुग्ने विश्वास गरिएको छ। गाउँको विकास र सुन्दरता सामूहिक प्रयासबाट मात्रै सम्भव हुने सन्देशसमेत बेलासपुरवासीले दिएका छन्।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन