सहयोग तथा उदार

टीकापुरबाट बाढीपीडित परिवारलाई नगद र डेढ लाख बराबरको लत्ताकपडा सहयोग

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

‘एक दिनको खाजा खर्च बचाऔँ’ अभियानबाट बाढीपीडितलाई ४० हजारभन्दा बढी सहयोग

लोक कल्याणकारी विज्ञापन

२५ असोज, टीकापुर । रसुवामा आएको बाढीमा बेपत्ता भएका टीकापुरका मजदुरका परिवारलाई ‘एक दिनको खाजा खर्च बचाऔँ अभियान’ मार्फत सङ्कलित ४० हजार ५५० रुपैयाँ सहयोग गरिएको छ। महिला अभियन्ता जानकी शाहको पहलमा सञ्चालित अभियानबाट सङ्कलित रकमसँगै भजनीको नवलपुरका व्यापारीहरूले उपलब्ध गराएको करिब एक लाख ५० हजार रुपैयाँ बराबरको लत्ताकपडासमेत पीडित परिवारलाई हस्तान्तरण गरिएको हो।

लोक कल्याणकारी विज्ञापन

शनिबार टीकापुर नगरपालिका–१ अन्तर्गत समितिपुर र मनिकापुरका पीडित परिवारलाई शाहले राहत रकम हस्तान्तरण गरेकी थिइन्। समितिपुरका बडघर अखिल थारुको सहयोगमा पीडित परिवारलाई एकै ठाउँमा भेला गराएर रकम वितरण गरिएको थियो भने मनिकापुरका परिवारलाई घरमै पुगेर सहयोग उपलब्ध गराइएको थियो।

बिज्ञापन

यसैगरी, भजनीको नवलपुरका व्यापारीहरूले सङ्कलन गरेको लत्ताकपडा पनि पीडित परिवारलाई हस्तान्तरण गरिएको थियो।

अभियानमा सहयोग गर्नेहरूमा किरण कार्की, हेमन्त रिमाल, अम्बा हमाल, रमेश खड्का, जनक भण्डारी, निर्मला चौपाय, सरिता थापा, आशात भण्डारी, शान्ति विष्ट, किरण थापा, सिता जोशी, बिनोद बुढा, उपेन्द्र बुढा, हरीश पुन, भगवती ओली, अम्बा नेपाली, विद्या चन्द शाह, अपेक्षा रावल र प्रेम सिंह रहेका छन्।

त्यस्तै, कल्पना वडा, अमर शाही, निशा शाही, प्रेमिका कवर, हिकिक्सन जैसी, तुलशीराम शाही, ललित नाथ, गन्तक नाथ, लोकबहादुर बिसी, तारा सिंह रावल र जानकी शाहले पनि सहयोग गरेका छन्।

रसुवामा आएको बाढीमा बेपत्ता भएका मजदुरका परिवारलाई सहयोग पुर्‍याउने उद्देश्यले शाहले व्यक्तिगत पहलमा ‘एक दिनको खाजा खर्च बचाऔँ अभियान’ सञ्चालन गरेकी थिइन्। अभियानमार्फत सङ्कलित रकम र व्यापारीहरूबाट प्राप्त लत्ताकपडा पीडित परिवारसम्म पुर्‍याइएको हो।

बाढीमा आफन्त बेपत्ता भएपछि शोक र पीडामा रहेका परिवारलाई आर्थिक सहयोग तथा लत्ताकपडाले केही राहत पुग्ने अपेक्षा गरिएको छ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन