टीकापुर

टीकापुरमा विभिन्न दलका नेता–कार्यकर्ता रास्वपामा प्रवेश

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, २५ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) टीकापुर नगर समितिद्वारा आयोजित ‘हामी आउँदै छौँ’ कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गरेका नेता तथा कार्यकर्ता रास्वपामा प्रवेश गरेका छन्।

लोक कल्याणकारी विज्ञापन

रास्वपा परिवारमा समाहित हुनेमा नेकपा र नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संस्थापक केन्द्रीय सदस्य रमेश विश्वकर्मा, नेकपाका केन्द्रीय सदस्य दीपक विक, नेकपाको सल्लाहकार परिषद्का सदस्य रूपलाल विक, नेपाल समाजवादी पार्टी (नेसपा) का नगर अध्यक्ष गोपाल विक र नाउपाका प्रदेश सहसचिव हरि सुनार रहेका छन्।

लोक कल्याणकारी विज्ञापन

त्यस्तै, नाउपाका जिल्ला सदस्य तथा शिवनगरका बडघर श्यामप्रसाद चौधरी र जिल्ला सदस्य चरणदेवी विक पनि रास्वपामा प्रवेश गरेका छन्। यसैगरी दुर्गाकुमारी सिंह सोडारी, गोपाल रसाइली, समाजसेवी राजेन्द्र विश्वकर्मा र टीकापुर उद्योग वाणिज्य संघका सदस्य रमेश तिखातरी पनि रास्वपामा समाहित भएका छन्।

बिज्ञापन

विभिन्न दलमा जिम्मेवारी सम्हालिसकेका नेता तथा सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिहरू पार्टीमा प्रवेश गरेपछि रास्वपाले टीकापुरमा आफ्नो संगठन विस्तारलाई थप गति दिने अपेक्षा गरेको छ।

कार्यक्रमका अवसरमा नगर समितिले नवप्रवेशी नेता तथा कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै सफल राजनीतिक यात्राका लागि शुभकामना व्यक्त गरेको छ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन