तिब्बती भाषा पढाउन भारत लैजाँदै गरिएका २५ बालबालिकाको उद्धार
लोक कल्याणकारी विज्ञापन

कञ्चनपुर, ३० असोज। तिब्बती भाषा अध्ययनका लागि भारतको देहरादुन लैजाँदै गरिएका २५ बालबालिकालाई कञ्चनपुरको गड्डाचौकी नाकास्थित सीमा क्षेत्रबाट उद्धार गरी नेपाल फर्काइएको छ।
लोक कल्याणकारी विज्ञापन

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार उद्धार गरिएका सबै बालबालिका १० वर्षमुनिका छन्। उनीहरूलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले सीमा क्षेत्रबाट नेपाल फर्काएको हो।
लोक कल्याणकारी विज्ञापन

प्रहरीका अनुसार हुम्लाको सिमकोट गाउँपालिका–८ का ती बालबालिकालाई पञ्चविर बुढाले भारतको देहरादुन लैजाँदै थिए। बालबालिकालाई कुन उद्देश्य र प्रक्रियाअन्तर्गत भारत लैजान लागिएको थियो भन्नेबारे थप विवरण सार्वजनिक भएको छैन।
बिज्ञापन

घटनाबारे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक रावतले जानकारी दिए।
लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

