अवर्गीकृत

अछामको गंगा जमुना पवित्र भुमरीमा रहेको खालगडा मैदानमा प्रथम क्रीकेट प्रतियोगिता सम्पन्न

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

मेल्लेख गाउँपालिका वडा न. ६ षोडशादेवी अछामको पवित्र स्थल  नजीक रहेको  खालगडामा वडा स्तरीय प्रथम क्रीकेट प्रतियोगिता बुधबार  सम्पन्न भएको छ। कार्तिक ६ गते बाट सुरु भएको वडा स्तरीय प्रथम खुल्ला  क्रीकेट प्रतियोगितामा आयाेजक षोडशादेवी-B टिम प्रथम स्थान र A टिम दोस्रो स्थान प्राप्त गर्ने सफल भएका छ्न।
उक्त प्रतियोगितामा कुल १४ वटा टीमहरुको सहभागिता रहेको थियो टीम हरु  मेल्लेख गाउँपालिकाका विभिन्न वडा हरुबाट सहभागी भएका थिए ।

लोक कल्याणकारी विज्ञापन


पहिलो क्रीकेट प्रतियोगिताको उदघाटन गाउँ पालिका अध्यक्ष ज्वाला सिंह साउदले गरेका थिए भने विशिष्ट अतिथि नेकपा एमाले सुदुरपश्चिम् प्रदेशका अध्यक्ष तथा पुर्व जिविस अछामका सभापति कृष्ण प्रसाद जैसी,रहेकाथिए, कार्यक्रमको संचालन वडा सचीव निर्मल खड्काले गरेका थिए । त्यसैगरी कार्यक्रमको स्वागत देवसरा रावल खड्का ले गरेकी थिएन ।

लोक कल्याणकारी विज्ञापन


अन्य अतिथि हरुमा आठ वटै  वडाका वडा अध्यक्ष हरु , वडा नम्बर ६ का सबै  जनप्रतिनिधि हरु , प्रवासी नेपाली संघ भारत केन्द्रिय सचिवालय सदस्य तथा पुर्ब भलिबल खेलाडी टेक रावल भिजन ,पुर्व वडा अध्यक्ष नरपती रावल ,समाज सेवि बिर बहादुर बोहरा ,विभिन्न राजनीति दलका प्रतिनिधि हरु,शिक्षक कर्मचारी,बझाङ अस्पताल प्रमुख रेवन्त खड्का ,इन्जिनियर गोपाल भट्टराई , स्थानीय बुद्धिजीवी  बयवृद्ध,पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
  उक्त प्रतियोगितामा अम्पायर  डन्डीका प्रसाद भट्टराई रहेका थियो भने सह-अम्पायर दिर्घराज भट्टराई रहेका थिए ।वडा स्तरमै पहिलो पटक आधिकारिक क्रीकेट आयोजना हुदा स्थानीय हरुको निकै उत्साहजनक उपस्थिति रहेको थियो ।

बिज्ञापन

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन