घटना

जङ्गली बँदेलको आक्रमणबाट १७ वर्षीया बालिका घाइते

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

सल्यान । सल्यानको दार्मा गाउँपालिकामा जङ्गली बँदेलको आक्रमणबाट १७ वर्षीया बालिका घाइते भएकी छन् ।

लोक कल्याणकारी विज्ञापन

दार्मा गाउँपालिका–२ ओझाबाङकी बिन्दु रोकाय बिहीबार बिहान घरनजिकैको जङ्गलमा दाउरा काट्न गएका बेला बँदेलको आक्रमणमा परेकी हुन् । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक ईश्वर रोकायका अनुसार बँदेलको आक्रमणबाट उनको छाती र दाहिने खुट्टाको तिघ्रामा चोट लागेको छ ।

लोक कल्याणकारी विज्ञापन

घाइते रोकायको रुकुम पश्चिमस्थित मिसन अस्पताल चौरजहारीमा उपचार भइरहेको छ । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

बिज्ञापन

अस्पतालमा खटिएका प्रहरी कर्मचारीबाट दिउँसो साढे १२ बजे घटनाबारे जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय दार्माबाट प्रहरी सहायक निरीक्षक कर्णबहादुर चन्दको कमान्डमा दुई जनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो ।

– रुपलाल गिरी

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन