राजनीति

लम्कीमा नेपाली कम्युनिस्ट पार्टीको शुभकामना आदानप्रदान

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

लम्कीचुहा , १७ कात्तिक । नेपाली कम्युनिस्ट पार्टी लम्कीचुहा नगर कमिटीको आयोजनामा कैलालीको लम्कीचुहा नगरपालिका–१, आमपानीमा राष्ट्रिय जागरण अभियान तथा चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

लोक कल्याणकारी विज्ञापन

दसैँ, तिहार र छठ पर्वको अवसर पारेर आयोजित कार्यक्रममा आपसी एकता, सद्भाव र सामाजिक एकताको सन्देश प्रवाह गरिएको थियो । कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ ।

लोक कल्याणकारी विज्ञापन

कार्यक्रमले स्थानीय तहमा पार्टी संगठनलाई थप सुदृढ बनाउनुका साथै अगुवा कार्यकर्तामा नयाँ ऊर्जा र उत्साह थप्ने अपेक्षा गरिएको छ । साथै, राष्ट्रिय जागरण अभियानमार्फत पार्टीको विचार र राजनीतिक गतिविधिलाई स्थानीयस्तरसम्म पुर्‍याउने उद्देश्य राखिएको छ ।

बिज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन