कृषि

व्यावसायिक बन्दै नेपाली किसान, टमाटर खेतीबाट आम्दानीको बाटो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

दाङ, २० कार्तिक ।

दाङको घोराही उपमहानगरपालिका–११ मा किसानले व्यावसायिक रूपमा टमाटर खेती गर्न थालेका छन् । खेतबारीमा लगाएको टमाटर बिक्रीका लागि तयार भएपछि किसानहरू बजार पठाउने तयारीमा जुटेका छन् ।

परम्परागत खेती प्रणालीबाट व्यावसायिक कृषितर्फ आकर्षित भएका किसानले टमाटर खेतीलाई आम्दानीको राम्रो स्रोत बनाउन थालेका छन् । उत्पादन भएको टमाटर बजारमा बिक्री हुन थालेपछि स्थानीय किसानमा व्यावसायिक खेतीप्रति उत्साह थपिएको छ ।

लोक कल्याणकारी विज्ञापन

स्थानीयस्तरमै उत्पादन हुने तरकारीले बजारको माग पूरा गर्न सहयोग पुग्नुका साथै किसानको आयआर्जनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।

बिज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन