घटना

पानी तताउने रडबाट करेन्ट लागेर दिल्लीमा १३ वर्षीया बालिकाको मृ,त्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

दिल्ली, ४ मंसिर । पानी तताउने इलेक्ट्रिक रड प्रयोग गर्दा भएको दुर्घटनामा भारतको दिल्लीमा १३ वर्षीया बालिकाको करेन्ट लागेर मृ,त्यु भएको छ । जाडो मौसम सुरु भएसँगै पानी तताउन इलेक्ट्रिक रडको प्रयोग बढ्ने भएकाले यसको सुरक्षित प्रयोगमा सावधानी अपनाउन आग्रह गरिएको छ ।

लोक कल्याणकारी विज्ञापन

घटनापछि सामाजिक सञ्जालमा सार्वजनिक गरिएको एक भिडियोमार्फत पानी तताउने रड प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीबारे जानकारी दिइएको छ । भिडियोमा फलाम वा स्टिलका बाल्टिनमा रड प्रयोग गर्दा करेन्ट प्रवाह भएर दुर्घटना हुन सक्ने भन्दै प्लास्टिकको बाल्टिन प्रयोग गर्न सुझाव दिइएको छ ।

पानी तताउने रड प्रयोग गर्दा बाल्टिनको किनारमा अड्याएर राख्नुभन्दा कुनै सुरक्षित आधारको सहायताले बीच भागमा झुन्ड्याएर राख्नुपर्ने बताइएको छ । बाल्टिनको किनारमा रड अड्याउँदा अत्यधिक तापका कारण प्लास्टिक पग्लिन सक्ने र पानी पोखिएर थप दुर्घटना निम्तिन सक्ने जोखिम औँल्याइएको छ ।

लोक कल्याणकारी विज्ञापन
AD

जाडो मौसममा पानी तताउन यस्ता उपकरणको प्रयोग सामान्य भए पनि विद्युत् सुरक्षामा लापरबाही गर्दा ज्यानै जाने जोखिम हुने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ । विशेषगरी बालबालिकालाई पानी तताउने उपकरणबाट टाढा राख्न, रड प्रयोग भइरहेको अवस्थामा पानी वा बाल्टिन नछुन र प्रयोगपछि विद्युत् आपूर्ति बन्द गरेर मात्र रड निकाल्नुपर्नेमा जोड दिइएको छ ।

यस्ता दुर्घटना रोक्न पानी तताउने रड प्रयोग गर्दा सुरक्षित उपकरण, उचित विद्युत् जडान र आवश्यक सावधानी अपनाउनुपर्ने सन्देश प्रवाह गरिएको छ ।

बिज्ञापन