घटना

चार वर्षीया बालिकामाथि जबर्जस्ती करणीको आरोपमा ६१ वर्षीय वृद्ध पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

झापा, ९ मंसिर । झापाको शिवसताक्षीमा चार वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा ६१ वर्षीय एक वृद्ध पक्राउ परेका छन् ।

लोक कल्याणकारी विज्ञापन

पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–११ निवासी ६१ वर्षीय हर्कबहादुर तिवारी रहेका छन् । पीडित बालिकाकी आमाले इलाका प्रहरी कार्यालय झिलझिलेमा लिखित जाहेरी दिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार मंसिर ६ गते बिहान साढे ८ बजे आफ्नै घरको कोठामा बालिकालाई ललाइफकाई जबर्जस्ती करणी गरेको भन्दै जाहेरी परेको छ । जाहेरीपछि सोमबार राति ८ बजे इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले तिवारीलाई पक्राउ गरेको हो ।

लोक कल्याणकारी विज्ञापन
AD

घटनापछि बालिकाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उनी हाल आमासँगै घरमा रहेकी छन् । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

बिज्ञापन