अवर्गीकृत

लोप हुँदै परम्परागत धान भण्डारण गर्ने देहरी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

बारबर्दिया, १० मंसिर । थारू समुदायको परम्परागत जीवनशैली र संस्कृतिसँग जोडिएको धान भण्डारण गर्ने देहरी पछिल्लो समय लोपोन्मुख हुँदै गएको छ ।

लोक कल्याणकारी विज्ञापन

बर्दियाको बारबर्दिया नगरपालिका–१ जोधीपुरस्थित कासीराम चौधरीको घरमा रहेको परम्परागत देहरी अहिले पनि पुरानो संस्कृति र जीवनशैलीको सम्झना दिलाउने सामग्रीका रूपमा रहेको छ ।

विगतमा धान भण्डारण गर्न प्रयोग गरिने देहरी थारू समुदायको घरायसी जीवनको महत्वपूर्ण हिस्सा थियो । माटो, काठ तथा स्थानीय सामग्रीको प्रयोग गरी बनाइने यस्ता देहरीमा वर्षभरिका लागि धान सुरक्षित राख्ने गरिन्थ्यो ।

लोक कल्याणकारी विज्ञापन
AD

तर, समयक्रमसँगै आधुनिक भण्डारणका साधनको प्रयोग बढ्दै जाँदा देहरीको प्रयोग घट्दै गएको छ । नयाँ पुस्ताले आधुनिक जीवनशैली अपनाउन थालेपछि परम्परागत सीप, सामग्री र तिनको प्रयोगसम्बन्धी ज्ञानसमेत हराउने जोखिम बढेको छ ।

थारू समुदायको मौलिक पहिचान र सांस्कृतिक सम्पदाका रूपमा रहेका यस्ता परम्परागत सामग्रीको संरक्षण गर्न आवश्यक देखिन्छ ।

बिज्ञापन