निकट बन्दै विकट जि.पी.एस सिस्टम बाट इ-टीकट

कार्तिक १५ अछाम
अछाम जिल्लाको मेल्लेख गाउँपालीकामा ग्राम बस (नगरबस) संचालनको अन्तिम तयारीमा रहेको छ।
डोटी जिल्लाको सिलगडी पुगेर बस चढेर यात्रा गरेका गाउँपालिका अध्यक्ष लोक बोहराले खुसी ब्याक्त गर्दै मेल्लेख गाउँ पालिकाले चाडै नगर बस संन्चालनको लागि अन्तिम तयारीमा रहेको जानकारी सामाजिक संजालमा पोस्ट गर्नु भएको छ।

तयारी अवस्थामा रहेका बसहरु लैजानको निम्ति दुई जना ड्राइभर सहित मेल्लेख गाउँपालीकाको टोली कैलाली जिल्ला धनगढी उपमहानगरको राजपुर स्थित टाटा स्वरुमा पुगिसकेको कुरा मेल्लेख गाउपालीका निवासी भिम बहादुर कडायतले मालिका समाचारलाई जानकारी दिए ।

अती दुर्गम मानिने गाउँपालीकामा उक्त सेवा भने अछाम जिल्ला भरिको नमुना रहने बताइएको छ ई- टिकट, सि. सि.टीभी क्मयामरा, जि. पि. एस. सहित अपाङ्गमैत्री विल चेयर लगायतका सुविधा रहनेछन ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

