काठमाडौको तापक्रम झर्यो १ डिग्रीभन्दा तल

पुस,१६
काठमाडौ उपत्यकामा तापक्रम १ डिग्री भन्दा तल झरेको छ।
उपत्यकामा बुधबार दिउँसो तापक्रम १६ .६ डिग्रीसम्म पुगेको थियो । जल तथा मौसम र्पुवनुमान महाशाखाका अनुसार बिहीबार काठमाडौको तापक्रम ०.८ डिग्री मापन भएको छ।

यस्तैगरी बिहीबार जुम्लाको न्युनतम तापक्रम माइनस ८.५ डिग्री पुगेको छ भने वीरेन्द्रनगरको १.९,दीपायलमा ०.४ डिग्री सेल्सियस मापन भएको छ।
तराईका सहरहरुमा नेपालगन्जमा न्युनतम तापक्रम ४ डिग्री पुगेको छ। यस्तै विराटनगर , जनकपुर ,भैरहवा र विराटनगरको तापक्रम ६ डिग्रीभन्दा माथी रहेको छ। मौसमविद प्रधानांगले केही दिनयता चिसो बढने सम्भावना रहेको बताए ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
