घटना

राष्ट्रिय टिमका पुर्वगोलरक्षक शाहीको निधन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad


पुष , २७
नेपाली राष्ट्रिय फुटबल टिमका लोकबहादुर शाहीको आइतबार राति निधन भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाका अनुसार शाहीको निधन दैलेखमा भएको हो ।

बिज्ञापन

उनी एक साताअघि आफ्नो जन्मथलो दैलेख गएका थिए। विभिन्न स्वास्थ्य समस्यामा ग्रसित भएका शाही पछिल्लो समय सार्वजनिक कार्यक्रममा थिएनन्।

नेपालले सन् १९८४ मा साग फुटबलमा स्वर्ण जित्दा उनी टिमका सदस्य थिए।

सन् १९८२ देखि १९८९ सम्म राष्ट्रिय टिमबाट खेलेका शाही नेपालका उत्कृष्ट गोलकिपर मध्यमा पर्छन्।

उनको दैलेखमा आइतबार दाहसंस्कार गरिनेछ।

राष्ट्रिय टिमबाट संन्यासपछि शाहीले एन्फाको विभिन्न पदमा रहेर काम गरेका थिए।

त्यसक्रममा उनी सन् १९९५ देखि २००२ सम्म एन्फाको महासचिव पनि बने।

नेपाल आइस हकी संघका संस्थापक अध्यक्ष शाही पछिल्लो समय खेलकुद गतिविधिमा निक्रिय थिए।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply