विकाससहयोग तथा उदार

सुकुम्बासी लाई दिन तयार भए आकर्षक घर हरु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकाराम उप्रेती

झापा । दमक नगरपालिकाले सुकुम्वासी तथा अब्यस्थित रुपमा बसोवास गर्दै आएका सर्वसाधारणलाई व्यवस्थित बसोबासको प्रबन्ध गर्न नमुना बस्तीको विकास गर्न थालिएको छ ।
झापाको दमक नपा १ स्थित रतुवा खोलाको नजिकै नगरकै नुमुना तथा आधुनिक बस्तीको रुपमा अघि बढाइएको छ । गत आर्थिक बर्षदेखि नियमित रुपमा यहाँ आधुनिक घर निर्माण गरिदै आएको छ । घर निर्माण २०७७ साल जेठ २३ गतेदेखि निर्माण सुरु गरिएको थियो भने आगामी ७८ साल जेठ २९ गतेसम्मा सम्पन्न गर्ने सम्झौता रहेको छ । तर सम्झौता अघि नै घर निर्माणको काम सम्पन्न भएको छ ।

बिज्ञापन

चिटिक्क परेका लहरै सेतो रङले पोतिएका आधुनिक घर छन् । सबै एकै प्रकारले निर्माण गरिएका छन् । सिमेन्टको पक्की एक तल्ले सबै घरको छोनो समेत निलो रङको टिन लगाइएको छ । प्रत्येक घरमा विद्युत, खानेपानीको व्यवस्था गरिएको छ । घर वरीपरी सानो फूलवारी समेत रहने गरि निर्माण गरिएको छ ।

प्रत्येक घरमा दुईवटा आधुनिक तरिकाले निर्माण गरिएका कोठा छन् । यसैसँग जोडिएको एउटा भान्छा कोठा छ । प्रत्येक घरमा मार्वल हालेर चिल्लो बनाइएको ट्वाइलेट वाथरुम छन् । हेर्दा आर्कषक रमित लाग्लो देखिने घर दमक नगरपालिकाको नमुना बस्तीको रुपमा अघि बढाएको दमक नगरपालिकाका प्रमुख मेयर रोमनाथ ओलीले जानकारी दिनुभयो ।

यहाँ पुगेर हेर्ने जोसुकैलाई पनि लाग्छ यो कुनै आधुनिक सभ्य नयाँ शहरमा पुगेको अनुभव हुने गरेको छ । यि घर जति सुन्दर देखिएका छन् । यहाँ बस्ने मानिसको मुहारमा त्यति नै मिठ्ठो खुशीको मुस्कान समेत पाइन्छ । झापाको दमक नगरपालिकाले बजार भित्र जथाभावी छाप्रा हालेर असुरक्षित रुपमा बसोबास गर्ने सुकुम्बासी घर बिहिन बिपन्नका लागि केही बर्षदेखि धमाधम यस्तै बस्तीको विकास गरिरहेको छ । जुन सुरक्षित तथा आधुनिक घर छन् ।

उक्त घर संघीय निर्वाचन साझेदारी कार्यक्रम र दमक नगरपालिकाको संयुत्त लगानीमा निर्माण गरिएको छ । साझेदारी कार्याक्रम अन्र्तगत १५ वटा घर निर्माणका लागि कुल १ करोड ९२ लाख रुपैयाँ बिनियोजना गरिएको थियो । जस अनुसार प्रतिघर १२ लाख ८६ हजार रुपैयाँ लागत रहेको जनाइएको छ ।

यस्तै यो क्षेत्रमा अघिल्लो आर्थिक बर्षमा मात्र ३५ वटा घर निर्माण गरिएको थियो । यि सबै घरमा अहिले यस्तै विपन्न परिवारलाई राखिएको छ । प्रत्येक बर्ष घर निर्माण गर्ने घरमा सुकुम्बासी भूमिहीनलाई प्राथमिकताको आधारमा उपलब्ध गराउदै जाने योजना रहेको जनाइएको छ । साधारण तया एउटा परिवारलाई लक्षित गरेर निर्माण गरिएका यस्ता घरले अव्यवस्थित रुपमा सार्वजनिक स्थलमा छाप्रा टहरा हालेर बसोबास गर्ने परिवारलाई भने वरदान सावित भएको छ ।

अघिल्लो आथिर्क बर्षमा नै निर्माण गरिएको नमुना बस्तिको घर नम्बर एक की ७७ बर्षिय मनमाया भुजेलले आफु यस्तो आधुनिक शौचालय भएको पक्की घर बस्न पाउने कुरा सपनामा पनि सोच्नु भएको थिएन । शरिर प्यारालाइसिश भएको ५ बर्ष भयो । व्ह्ील चियरको सहारामा भित्र बाहिर गर्नु पर्छ । बुढेशकालमा घर बनाउन सक्ने कुरै भएन मैले सोचेको पनि थिएन उहाँले भन्नुभयो । यही नसोचेको कुरा आज सरकारले नयाँ गतिलो घर बनाइ दियो । अब मेरो घरको दुःख गए भुजेलले खुशी ब्यक्त गर्दै भन्नुभयो । दमक ७ स्थित पशुहाटको सार्वजनिक जग्गामा छाप्रो हालेर बस्दै आएकी थिए । बर्षा याममा शहरको सबैभेलले प्रत्येक बर्ष घर डुवाउने गरेको थियो । हावाहुरीले भत्काइदिन्थ्यो अब ढुक्कले सुत्न पाउने भए यही खुशी छ उहाँको भनाईछ ।

भुजेल जस्तै खोला किनार होली नाली तथा सार्वजनिक स्थलमा छाप्रा हालेर बसोबास गर्ने विपन्न परिवारलाई प्रथमिकताको आधारमा घर निर्माण गरिरहेको छ । दमक नगरपालिकाले धमाधम आधुनिक घर निर्माण गरेर व्यवस्थि र सभ्य शहर निर्माण गर्ने योजना अघि बढाएको दमक नपाका प्रमुख ओलीले बताउनुभयो । नयाँ योजनाका साथ निर्माण गरिएका यो नमुना बस्ती अहिले आन्तरिक तथा बाहिय पर्यटककालागि घुम्न अध्ययन गर्ने स्थान समेत बनेको छ । गोरखापत्रबाट साभार

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply