घटना

मोरङमा जिप र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

फागुन ,२३
मोरङको सुन्दरहरैंचामा शनिबार राति सवारी दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ,भने दुई गम्भीर घाइते भएका छन् ।

बेलबारी नगरपालिका–११ का मनोज कटुवाल र अर्जुन न्यौपानेको मृत्यु भएको हो । काठमाडौंका २८ वर्षीय गणेश थापा र मोरङको बेलबारीका १८ वर्षीय उत्सव गिरी गम्भीर घाइते छन् ।

बिज्ञापन

दुर्घटनामा घाइते भएका न्यौपाने र कटुवालको उपचारका क्रममा विराटनगरस्थित कोसी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी मोरङका प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए । उनीहरू दुवै जना मोटरसाइकलमा सवार थिए ।

सुन्दरहरैंचा नगरपालिकाको वडा नं ८ र ७ को सिमाना मध्याली पुलनजिक काठमाडौंबाट झापाको बिर्तामोडतर्फ जाँदै गरेको बा४ख ६९६ नम्बरको जिप र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश२–०२–००१प ३८७८ नम्बरको मोटरसाइकल राति साढे एक बजे ठोक्किएको प्रहरीले जानकारी दिएको छ ।

दुवै जनाले मादक पदार्थ सेवन गरेको पाइएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।

घाइते भएका थापा र गिरीको विराटनगरस्थित नर्सिङहोममा उपचार भइरहेको छ ।

मोटरसाइकल ठोक्किएपछि अनियन्त्रित बनेको जिपले मोटरसाइकललाई घिसार्दै दक्षिणतर्फ खेतमा पुर्‍याएको खड्काले बताए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply