मोटरसाइकलको ठक्कर बाट महिलाको मृत्यु

चैत २५ टीकापुर
मोटरसाइकलको ठक्कर बाट एक महिलाको मृत्यु भएको छ।

टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नम्बर १० बस्ने अन्दाजी बर्ष ७० कि पद्मा साउदको निरंकारी विद्यालय नजिक पार्क रोडमा दुर्घटना हुदा
घटना स्थलबाट उपचारको निम्ति नेपालगंज लैजादैगर्दा मृत्यु भएको हो।


दुइजना सवार रहेको मोटरसाइकल चालक सहित दुबैजना फरार भएको स्थानीय ले बताएका छ्न।
साउद लाई ठक्कर दिएको अवस्थामा उपस्थित स्थानीय महिला हरुले भने:हाम्रो ध्यान घटना तर्फ केन्द्रीत भयो ढलेका मान्छे लाई हेर्ने क्रममा मोटरसाइकल चालक फरार भएको हो।
मोटरसाइकल चालकको प्रहरीले तिब्रताका साथ खोजि गरिएको छ।
मृतक साउदको शव टीकापुर अस्पतालमा लगेको घटना स्थलमा उपस्थित स्थानीयले मालिका समाचार लाई बताए ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
