गुड्दै गरेको ट्याक्टरको टायर निस्किए र पल्टीयो ट्राली

,वचैत २५ टीकापुर
जानकी गाउँपालीका बाट टीकापुर नगरपालिका को अस्नेरी लैजान लोड गरिएको इटाको ट्राली क्याक्टर बाट चुडिएर बीच बजारमा पल्टीएको हो।
जानकी गाउँपालीका अमौरीमा रहेको लाल रत्न इटाउद्योग बाट इटा लोड गरेर टीकापुर अस्नेरी जानलागेको एउटा ट्याक्टरको ट्रालीबाट गुडीरहेको अवस्थामा टायर निस्किदा पल्टी भएको हो।

ट्याक्टर टीकापुर खक्रोला सडक खण्ड भानु चौक पुगेको बेला गुडीरहेको ट्याक्टर बाट टायर निस्केर टराली पल्टी भएको ट्याक्टर चालक राजकुमार चौधरी बताए । साथै सडक खाली रहेकोले उक्त समयमा कुनै मानवीय क्षेती नभएको पनि चालकले जानकारी गराए
सडकको स्तर उन्नति कार्य लामो समय देखी चालु रहेको ले खाल्डा खुल्डी रहेको संगै ट्याक्टरको टायर फिटीङ लुज भएका कारण पल्टी भएको इटा उद्योगमा कार्यरत सङम चौधरी बताए ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।


