पहाडी भू–भागमा चट्याङ्सहित वर्षाको सम्भावना
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । देशका पहाडी भू–भागका केही स्थानमा आज मेघ गर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना छ । आज दिउँसो प्रदेश–१, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज राति देशको उच्च पहाडी र हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली र अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
बिज्ञापन

विभागका अनुसार प्रदेश–१, वाग्मती, गण्डकी, कर्णाली प्रदेशको पहाडी भेगका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
