स्वास्थ तथा सरसफाइ

५ देखि ११ वर्षका बालबालिकाई दिने खोप अझै टुंगो लागेको छैन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ । ५ देखि ११ वर्षसम्मका बालबालिकालाई दिइने कोभिड–१९ विरुद्धको खोप आउनेबारे अझै टुंगो लागेको छैन । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले गत डिसेम्बरदेखि नै यो उमेरका बालबालिकालाई खोप छिट्टै ल्याउने बताउँदै आएका थिए । तर, सरकारले फाइजर कम्पनीसँग ८४ लाख डोज फाइजर खोप ल्याउन प्रक्रिया अघि बढाइरहेको भए पनि खोप यही मितिमा आउँछ भनेर यकिन नभएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

सरकारले यसअघि नै १२ देखि १७ वर्षसम्मका किशोर किशोरीलाई दिन ६० लाख डोज फाइजर खोप खरिद गर्नेे तयारी गरेको थियो । तर, कोभ्याक्स सुविधामार्फत् ४० लाख डोज मोर्डना खोप पाउने भएपछि फाइजर खोप खरिद प्रक्रिया पछि धकेलिएको थियो । अहिले सोही ६० लाखमा थपेर ८४ लाख डोज फाइजर खोप ल्याउन प्रक्रिया अघि बढाइएको विभागका एक अधिकारीले बताए । जसअन्तरगत अहिले शुल्कमा नेगोसिएसन भइरहेको उनले बताए ।

बिज्ञापन

“विभागबाट सबै प्रक्रिया पुर्याएर कागजात मन्त्रालयमा पठाइएको छ, मन्त्रिपरिषद्बाट अन्तिम निर्णय हुनुपर्ने हो,” ती अधिकारी भन्छन् । पहिले खरिद गर्ने भनिएको ६० लाख डोज खोपको ठाउँमै बालबालिकाका लागि ८४ लाख डोज फाइजर खोप ल्याउने भनिएपछि फाइजर कम्पनीसँग शुल्कबारे नेगासिएसन लम्बिएको ती अधिकारीले संकेत गरे ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।