बिश्वराष्ट्रिय समाचार

भारत स्थित नेपाली दूतावासले ३५बढी देशको सहभागीतामा मनायो सेना दिवस सहभागी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

हेमन्त अधिकारी नयाँदिल्ली भारत स्थित नेपाली राजदूतावास नयाँ दिल्लीले आयोजना गरेको सेना दिवस कार्यक्रममा बिश्वका ३५ देशले सहभागीता जनाएको हो।

भरतको नयाँदिल्ली बार खम्बा स्थित नेपाली राजदुतावासले शुक्रबार आयोजना गरेको सेना दिवस कार्यक्रममा अमेरिका, रुस, फ्रान्स, जर्मनी, बेलयात, जापान, इटाली, थाइलेडं, बंगलादेश, पाकिस्तान, युक्रेन लगायत ३५ धेरै देशका कुटनीतिक उच्च आयोगब सम्बाद सैनिक सहचारीहरु उपस्थिति रहेको थियो।

बिज्ञापन

कार्यरत सैनिक सहचारी कर्नेल रामचन्द्र खत्रीको नेतृतमा आयोजित उक्त कार्यक्रममा भारतीय सैन्य इन्टेलिजेन्स संस्थाका प्रमुख डिजीएमआई लेफ़्टेनेन्ट जनरल एम वी सुचिन्द्रा कुमार मुख्य अथितिको रुपमा उपस्तिथी रहेका थिए। भारतका लागि नेपाली कार्यवाहक राजदुत रामप्रसाद सुबेदीले कार्यक्रममा उपस्थित पाहुनाहरुलाई स्वागत गर्नु भएको थियो।

कार्यक्रममा एभरेस्ट ओनलाइन कुइज कन्टेस्ट प्रतियोगतिमा समेत आयोजना गरियको थियो। प्रतियोगितामा ९कक्षा भन्दा माथिका विद्यार्थीहरुलाई दुइ समूहमा विभाजित गरिएको थियो। पहिलो समूहमा राजदुतावासमा कार्यरत डिप्लोमेट तथा कर्मचारीहरुका छोराछोरीहरु बीच आन्तरीक प्रतियोगिता र दोश्रो समूहमा भारतमा अध्यानरत नेपाली विद्यार्थीहरु बीच खुल्ला प्रतियोगिता गरिएको थियो ।

आन्तरिक प्रतियोगतिमा प्रथम स्थान हासिल गर्ने विद्यार्थी नेपाली डिप्लोमेट आनन्द प्रसाद शर्माका छोरा आरक्षा शर्मालाइ अथितिले गोल्ड मेडल, प्रमाणपत्र र नगद सम्मान गर्नु भएको थियो। त्यस्तै खुल्ला प्रतियोगितामा प्रथम हुने विद्यार्थी आकृति अधिकारीलाइ कार्यबाहक राजदुतले गोल्ड मेडल, प्रमाणपत्र र नगद सम्मान गर्नु भएको थियो।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।