स्वास्थ तथा सरसफाइ

‘स्वच्छ वातावरण, स्वस्थ नेपाली’ भन्ने नाराका साथ विश्व स्वास्थ्य दिवस मनाइदै

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा वायु प्रदूषणबाट बर्सेनि ३७ हजार ६८३ जनाको मृत्यु हुने गरेको छ।

लोक कल्याणकारी विज्ञापन

यस्तै‚ सुर्तीजन्य रोगका कारण २७ हजार १०० को अकालमै मृत्यु हुने गरेको मन्त्रालयले जानाएको छ । मन्त्रालयले विश्व स्वास्थ्य दिवसका अवसरमा प्रेस विज्ञप्ति जारी गर्दै यस्तो तथ्यांक सार्वजनिक गरेको हो ।

लोक कल्याणकारी विज्ञापन

विश्व स्वास्थ्य संगठनको अनुमानअनुसार नियन्त्रण गर्न सकिने वातावरणीय कारणले प्रत्येक वर्ष संसारभर १३ लाखभन्दा बढी मानिसको मृत्यु हुने गर्दछ। मन्त्रालयका अनुसार विश्वमा १० मध्ये नौ जनाले प्रदूषित हावामा श्वास फेर्छन् ।

बिज्ञापन

यसका कारण हरेक वर्ष ७० लाख मानिसको ज्यान जाने गरेको छ । विश्वमा दुई अर्ब मानिस सुरक्षित पिउने पानी र ३.६ अर्ब मानिस सुरक्षित सरसफाइको अभावमा छन्। प्रत्येक वर्ष प्रदूषित पानी र उचित सरसफाइको अभावका कारण हुने झाडापखाला रोगबाट आठ लाख २९ हजार मानिसको ज्यान जाने गरेको छ ।

मन्त्रालयले वायु प्रदूषण, जलवायु परिवर्तन प्रेरित प्रकोप (बाढी, खडेरी, अत्यधिक गर्मीका कारण हुने वन डढेलो) र असुरक्षित पानीको प्रयोग मृत्यु र रोगलाई बढावा दिने प्रमुख कारक रहेको उल्लेख गरेको छ ।

प्रत्येक वर्ष ७ अप्रिलका दिन विश्वभर यो दिवश मनाउने गरिन्छ । ‘स्वच्छ वातावरण, स्वस्थ नेपाली’ भन्ने नाराका साथ विश्व स्वास्थ्य दिवस मनाइदै छ ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन