राष्ट्रिय समाचार

एसइई परीक्षा आज बाट, अछाममा ४ हजार ८ सय बढि विद्यार्थी सहभागी हुदैँ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

अछाम । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजबाट सुरु हुदैछ ।

एसईई परीक्षा २०७८ मा अछाममा ४ हजार ८ सय बढि बिद्यार्थी सम्मलित हुने भएका छन ।
बैशाख ९ गते शुक्रबार बिहान ८ बजेबाट संचालन हुने एसईई परिक्षामा ४ हजार ८ सय ८५ विद्यार्थी सहभागी भएर परिक्षा दिने भएका छन ।

बिज्ञापन

जसमा छात्रा २ हजार ४ सय ६५ र छात्र २ हजार ४ सय २० परिक्षार्थि रहेका शिक्षा बिकास तथा समन्वय ईकाई अछामका प्रमुख लक्ष्मण गिरीले बताउनु भयो । जिल्लाका २३ वटा परीक्षा केन्द्र मार्फत साधारण तथा प्राविधिक धारका विद्यार्थी रहेका गिरीले बताए ।

कोरोनाभाईरसको संक्रमण जोखिमका कारण विगत २ बर्षमा विद्यार्थीले परीक्षा दिन नपाएकाले यस बर्ष विद्यार्थी परीक्षा दिनका लागि उत्साहित बनेका उहाँले बताउनु भयो ।

हरेक विद्यालयमा संचालन हुने परिक्षालाई शान्त, मर्यादित र भयरहित वातावरणमा संचालनका लागि सबैलाई सहयोग गर्न प्रमुख गिरीले आग्रह गर्नु भएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।