राष्ट्रिय समाचार

सन्दीप नाम संगै बदनाम केन्यामा खेल्दैछ्न टी-20 नाबालिक बलात्कार आरोपको घण्टी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ :नेपाली राष्ट्रिय क्रिकेटमा छोटो समयमा आफ्नो भिन्नै छवि बनाएका सन्दीप लामिछानेको नाम संगै बदनाम भएको छ। नेपाली क्रीकेट टोलीका कप्तान सन्दीप लामिछानेविरूद्ध १७ वर्षीया नाबालिगलाई बलात्कार गरेको आरोपमा जाहेरी परेको छ।

लोक कल्याणकारी विज्ञापन

जिल्ला प्रहरी परिसर काठमाडौंले मंगलबार एक विज्ञप्ति निकालेर लामिछानेविरूद्ध जाहेरी दर्ता भएको पुष्टि गरेको छ।

लोक कल्याणकारी विज्ञापन

लामिछानेले किशोरीलाई गत भदौ ५ गते काठमाडौं र भक्तपुरका विभिन्न ठाउँमा घुमाउन लगेका थिए। सोही राति आफूमाथि लामिछानेले पटक-पटक बलात्कार गरेको किशोरीको जाहेरीमा उल्लेख छ। भने भोलिपल्ट भदौ ६ गते लामिछाने टि-२० खेल्ने केन्या गएका छ्न।

बिज्ञापन

भदौ ५मा उनले काठमाडौं-९ स्थित एक होटलको ३०५ नम्बर कोठामा उनले एक नावालिकमाथी बलात्कार गरेकाे आरोप पुष्टि भएको छ।

किशोरीले दिएको जाहेरी दर्तासँगै पीडितलाई एकद्वार संकट व्यवस्थापन केन्द्रमा लगेर स्वास्थ्य परीक्षणसमेत गरिएको प्रहरीले विज्ञप्तिमा उल्लेख गरेको छ।

घटनाको प्रहरी वृत्त गौशाला र परिसरले सुक्ष्मरूपमा अनुसन्धान अघि बढाएको जनाएको छ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन