सुदूरपश्चिम प्रदेश

चाडपर्वलाई लक्षित गरेर सुदूरपश्चिममा पर्याप्त सवारीसाधन सञ्चालनमा 

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी: बडादसैं सुरु भएसँगै पर्याप्त संख्यामा यात्रुवाहक सवारीसाधन सञ्चालनमा ल्याएको सुदूरपश्चिमका यातायात व्यवसायीले दाबी गरेका छन्। चाडपर्वलाई लक्षित गरी लामो तथा छोटो दूरीका सवारीसाधन पर्याप्त संख्यामा सञ्चालनमा ल्याएको उनीहरुको दाबी छ। 

कैलालीको धनगढी र कञ्चनपुरको महेन्द्रनगरमा प्रधान कार्यालय रहेका एक दर्जन बढी यातायात व्यवसायी समिति छन्। धनगढी र महेन्द्रनगरबाट सुदूरपश्चिमका सबै जिल्लासहित देशभरका प्रमुख सहरमा सीधा बस सेवा सञ्चालन हुने गरेको छ। 

बिज्ञापन

धनगढीमा प्रधान कार्यालय रहेका बस व्यवसायी समितिले यहाँबाट करिब ८५० यात्रुबाहक सवारी साधनले सर्वसाधारणलाई विभिन्न गन्तव्यमा पु¥याउने गरेको जनाएका छन्।  तर डिजेलमा भएको मुल्यवृद्धि र एकतर्फी यात्रुका कारण दसैं आए पनि व्यवसायी भने उत्साहित हुन नसकेको कर्णाली रिभर यातायात प्रालिका निवर्तमान अध्यक्ष धिरज शाहीले बताए। ‘दसैं तिहारमा एकतर्फी यात्रु बोक्नुपर्ने हुन्छ। जसले गर्दा लागत खर्च बराबर मात्रै उठ्ने गरेको छ,’ उनले भने, ‘डिजेलको मुल्य बढ्दा व्यवसायी मार्कामा परेका छन्।’

धनगढीबाट पहाडी रुटमा चल्ने गाडीले यात्रु पाए पनि पहाडबाट धनगढी र महेन्द्रनगर फर्किदा भने रित्तै आउनुपर्ने व्यवसायीले बताएका छन्। यस्तै काठमाडौबाट यात्रु पाउने भएपनि धनगढीबाट भने रित्तै फर्कनुपर्ने व्यवसायीको गुनासो छ।

यसैगरी अनिवार्य दुई चालक राख्नुपर्ने नियमले थप आर्थिक भार परेको खप्तड यातायात प्रालिका अध्यक्ष अनन्तराज जोशीले बताए। ‘काठमाडौबाट यात्रु पाइन्छन् तर यताबाट रित्तै जानुपर्छ। झन लामो दुरीमा दुई जना चालक राख्नुपर्ने नियमले हामी समस्यामा पर्ने भएका छौँ’ उनले भने। 

सुदूरपश्चिमका बस व्यवसायीलाई तिहारपछि भने पहाडी जिल्लाबाट तराई झर्ने यात्रु पाइने गरेपनि पहाड उक्लिदा रित्तै गाडी हाक्नुपर्छ। तिहारलगत्तै धनगढीबाट काठमाडौ जाने यात्रु मिले पनि फर्किदा भने यात्रु नपाउने समस्या हुने सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदमराज सापकोटाले बताए। ‘इन्धनको मुल्यवृद्धिले यातायात व्यवसायी मार्कामा परेका छन्,’ उनले भने, ‘एकतर्फी यात्रुले गर्दा दसैं र तिहारमा गाडी कुदे पनि कमाइ भने हुन्न्।’ 

यातायात व्यवसायी समितिले छोटो तथा लामो गन्तव्यमा अतिरिक्त सवारीसाधनको व्यवस्था मिलाएको बताएका छन्। यात्रुलाई कठिनाइ नहुने गरी यातायातको व्यवस्थापन मिलाउने काम भइरहेको व्यवसायीको दाबी छ।

साभार–दिनेश खबर

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।