टीकापुर

सिएमसी कैलालीकाे दाेस्राे वार्षिक साधारणसभा सम्पन्न

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, २० फागुन,
सहकारी संस्थाका व्यवस्थापन प्रमुखकाे संस्था काेअपरेटिभ म्यानेजर्स क्लब (सिएमसी) कैलालीको दाेस्राे वार्षिक साधारणसभा सम्पन्न भएकाे छ ।

कैलालीको घाेडाघाेडी नगरपालिका वडा नं. २ स्थित तिला कर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सभाहलमा सम्पन्न कार्यक्रममा सुदूरपश्चिम प्रदेश सहकारी विभागका रजिस्ट्रार टीकाराम थापा प्रमुख अतिथि रहनु भएको थियोे ।

बिज्ञापन

कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि थापाले सहकारीहरुले सदस्यले गर्ने व्यवसायकाे आधारमा ऋण लगानी गर्नुपर्ने बताउनुभयाे । जुन उदेश्यले सहकारी संस्था स्थापना गरेकाे हाे साे उदेश्य अनुरुप काम नगरेका कारण कतिपय सहकारीहरुमा समस्या समेत देखिएकाे चर्चा गर्दै थापाले सहकारी भन्दैमा सबैलाई एकै डालाेमा हाल्न नहुनेमा जाेड दिनुभयाे । सहकारीले कर्मचारी तथा संचालककाे क्षमता बढाउनकाे लागि पनि आवश्यक वजेटकाे व्यवस्थापन गर्नु आवश्यक रहेकाे उहाँकाे भनाई थियाे ।

त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथि राष्ट्रिय सहकारी बैंकका संचालक शिवा थापाले राम्रो काम गरिरहेका सहकारीहरुलाई पुरस्कार तथा गलत गर्नेलाई दण्डकाे व्यवस्था हुनुपर्ने बताउनुभयो । नियमनकारी निकायले सहकारीहरु अनुगमन गरि सहकारी नीति नियममा चलेकालाई प्राेत्साहन गर्ने र नीतिलाई नमानेर मनाेमानी रुपमा चलेका संस्थालाई कार्वाहीकाे दायरा ल्याउने हाे भने सहकारी क्षेत्रकाे थप सुधार गर्न सकिनेमा उहाँकाे जाेड थियाे ।

सिएमसी कैलालीका अध्यक्ष छबिलाल जैशीकाे अध्यक्षतामा भएकाे साधारणसभामा उपाध्यक्ष लाल बहादुर भण्डारीले स्वागत मन्तव्य राख्नुभएको थियाे । कार्यक्रममा महासचिव रुद्रप्रसाद खनालले प्रगति प्रतिवेदन, काेषाध्यक्ष प्रकाश कुमार जाेशीले आय/व्यय प्रस्तुत गर्नुभएकाे थियाे ।

सचिव नरेन्द्र टमट्टाले संचालन गर्नुभएको कार्यक्रममा कृष्णराज जाेशी, ललित कुमार न्याैपाने, चन्द्रा चाैधरी लगायतले शुभकामना मन्तव्य राख्नुभएकाे थियाे ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।