समयमै भ्रष्टाचारी जेल परुन भन्दै भित्ते घडी उपहार

टीकापुर २७ बैशाख कैलाली जिल्लाको टीकापुर नगरपालिका-१ का समाजसेवी भिमराम चपांईले भ्रष्टाचारी जेल परुन भन्ने सब्द घडीमा प्रीन्ट गरि सामुदायिक पुस्तकालय टीकापुरका अध्यक्ष तारा प्रसाद जोशी लाई गिफ्ट दिनुभएको हो।
चपाइले केहि बर्षयता भ्रष्टाचार बिरुद्ध अभियान चलाउदै लम्की खक्रोला सडक खण्डमा रहेका खाल्डा खुल्डी हरुमा भ्रष्टाचार( भ्रष्ट४)सब्द लेख्दै गोलो घेरा लगाउदै अभियान पनि संचालन गर्नुभएको थियो ।


चपाइले नेपाली राजनैतिकपार्टी बाट निर्वाचित विभिन्न उच्च अहोदामा रहेका हरुबाट भ्रष्टाचार भएको र भ्रष्टाचारी हरु पक्राउ पर्न थालेपछि समय सुचक घडी नै गिफ्ट गरेर भ्रष्टाचारी हरु समयमै जेल पुर्नुपर्ने सांकेतिक उपहार दिएको बताए हाल उक्त घडी टीकापुर सामुदायिक पुस्तकालयको भित्तामा झुण्ड्याइएको छ।
चपाइ नागरिक समाज टिकापुरका (सम्योजक) , तथा टिकापुर सामुदायिक पुस्तकालयका सल्लाहकार समिति सदस्य पनि हुन ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.