सुदूरपश्चिम प्रदेश

अछाममा एक महिलाले बाटोमै बच्चा जन्माईन, शिशुको ज्यान गयो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

अछाम :अछामको पञ्चदेवल बिनायक नगरपालीका ४ कुजेडा की २३ बर्षीय सुर्जा बिकले बाटोमै बच्चा जन्माएकी छन । असार २६ गते राति सुत्केरी व्यथा लागेपछि स्वास्थ्य संस्था लिन स्टेचर नपाएपछि हिडेर दैलेखको आठबिस नगरपालीका ४ को आधारभुत अस्पताल जादै गर्दा बाटैमा बच्चा जन्माएकी हुन ।

व्यथा लागेपछि बिहान २ बजे हिडेर दैलेखको आठबिस नगरपालीका ४ को आधारभुत अस्पताल राकम जाने क्रममा सुत्केरी व्यथा लागेकी उनि हिड्दै गर्दा बाटैमा बच्चा जन्माएकी उनले छोरालाई भने बचाउन सकिनन् ।बाटैमा बच्चा जन्माएपछि आफुलाई बिहान ४ बजे आफन्तहरु बोलाउन आएका र साढे ४ बजे आफु सुत्केरी भएको ठाउँमा पुगेकी दैलेखको आठबिस नगरपालीका ४ को आधारभुत अस्पतालमा कार्यरत सी अनमी रनि देबि बोहराले बताईन ।
आफु सुत्केरी भएको ठाउँमा पुग्दा सम्म बच्चाको मुत्यु भईसकेको थियो ,समयमै अस्पताल पुर्याएको भए बच्चालाई बचाउन सकीने थियो,अनमी बोहराले भनिन्। व्यथा लागेपछि स्टेचर खोजेको तर गाउँमा रहेको स्टेचर भाचिएको एम्बुलेन्स खोज्दा एम्बुलेन्स समेत नपाईएको सुत्केरी सुर्जा बिकले बताईन। सुर्जा भन्छन मैले र मेरो बच्चाले बिनाकारण सजाय पायौं ,अरुले नपाउन ।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।