राष्ट्रिय समाचार

सप्तरीको छप्कीमा प्राइभेट कार दुर्घटना, भुवन केसीसहित पाँच घाइते

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

२९ असार, सप्तरी । सप्तरीको छप्कीमा नेकपा एमालेका नेताहरू चढेको प्राइभेट गाडी दुर्घटनामा परेको छ । नेकपा एमालेका सचिव योगेश भट्टराइका अनुसार उक्त कार दुर्घटनामा एमाले जिल्ला कमिटीका पाँच सदस्य घाइते भएका छन । घाइते हुनेमा जिल्ला कमिटी सदस्य भुवन केसीसहित पाँच जना रहेका छन ।

नेकपा एमाले जिल्ला कमिटी सप्तरीको बैठकका लागि राजविराज जानेक्रममा छप्कीमा भएको गाडी दुर्घटनामा केसी सहित जिल्ला कमिटी सदस्य कमरेडहरु किरण पन्थ, हरिहर बस्नेत, सुनिता कटुवाल र बच्चुलाल चौधरी भएका छन । उनीहरूको अहिले राजविराज अस्पतालमा उपचार भैरहेको छ ।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।