राष्ट्रिय समाचार

नगर प्रमुख हरि गोविन्द श्रेष्ठ द्वारा ललितपुर-भक्तपुर जोड्ने ढुंग्रेखोला पुल उद्घाटन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ , भक्तपुरजिल्लाको सुर्यविनायक नगरपालिका वडा नम्बर-२ र ललितपुरजिल्ला महालक्ष्मी नगरपालिका-७ जोड्ने ढुंग्रे खोला पुलको महालक्ष्मी नगरपालिकाका नगर प्रमुख हरिगोविन्द श्रेष्ठको प्रमुख आतिथ्यमा सनिश्चवार विहीन उद्घाटन कार्य सम्पन्न भएको छ।

लगभग १ बर्ष देखी आवतजावत बन्द रहेको बाटो सनिश्चवार ढुंग्रेखोला पुलको उद्घाटन पछि बाटो सुचारु भएको छ। बाटो सुचारु भएपछि त्यो क्षेत्र हुदै सवारी साधन मार्फत लुबु लामाटार सम्म आवागमन गर्ने हरु खुसी भएका छ्न।

बिज्ञापन

सनिश्चवार बिहान ललितपुर महालक्ष्मी न.पा. वडा नम्बर-७का वडा अध्यक्ष बाबुराजा महर्जनको अध्यक्षतामा भएको पुल उद्घाटन कार्यक्रममा बिशिस्ट अतिथिको रुपमा महालक्ष्मी नगरपालिकाका उप-प्रमुख लक्ष्मी महर्जन रहनु भएको थियो भने अतिथि हरुमा महालक्ष्मी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रुद्र लाल भुसाल , नगर स्तरीय विभिन्न राजनीति दलका प्रतिनिधि हरु ललितपुर नगरपालिकाका शाखा प्रमुख हरु, वडा नम्बर १/२ तथा ५ देखी वडा नम्बर १० सम्मका वडा अध्यक्षहरु उक्त क्षेत्र आसपासका विभिन्न बिधालयका प्रतिनिधि ,सामाजिक संघ संगठनका प्रतिनिधि हरु ,बुद्धिजीवी सामाजिक अगुवा हरुको उपस्तिथि रहेको थियो।

१० मिटर लामो र ९.०६मिटर चौडाइरहेको उक्त पुलको निर्माण १ करोड ४६ लाख भ्याट सहित ड्रागन- न्यू शिब शक्ति जे भी कम्पनीको ठेक्कामा निर्माण कार्य सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।