राष्ट्रिय समाचार

प्रधानसेनापति शर्मा भारत प्रस्थान

बिज्ञापन

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा भारत प्रस्थान गरेका छन् । भारतको नयाँदिल्लीमा सोमबारदेखि असोज १० गतेसम्म आयोजना हुने १३औं इन्डो प्यासिफिक आर्मीज चिफ कन्फ्रेन्समा सहभागी हुन प्रधानसेनापति शर्मा आइतबार भारत प्रस्थान गरेका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी सरोजप्रताप राणाले बिदाइ गरेका थिए ।

बिज्ञापन

साथै, बिदाइ गर्न सेनाका रथीहरू, रक्षा मन्त्रालयका पदाधिकारी लगायत सैनिक अधिकृतहरूको उपस्थिति थियो । भारत प्रस्थान गर्नुअघि प्रधानसेनापतिलाई जंगी अड्डामा सेनाको एक टुकडीले सम्मान अर्पण गरेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

प्रधान सेनापतिको अनुपस्थितिमा बलाधिकृत रथी सरोजप्रताप राणाले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्ने छन् । भ्रमण सकेर प्रधानसेनापति शर्मा असोज ११ गते नेपाल फर्किने कार्यक्रम छ ।

बिज्ञापन