बिश्व

गाजामा इजरायलको आक्रमण– ४८ घण्टामा ३९० प्यालेस्टिनीको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

इजरायलको आक्रमणमा परी गाजापट्टीमा ३९० प्यालेस्टिइनीको मृत्यु भएको छ भने ७३४ जना घाइते भएका छन् ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार यो ४८ घण्टाको अध्यावधिक तथ्यांक हो ।

बिज्ञापन

इजरायलले विगत दुई दिनदेखि गाजापट्टीको अधिकांश क्षेत्रमा हवाई, स्थल र समुद्रबाट आक्रमण गरिरहेको छ ।

त्यस्तै रफाह बाहेक गाजाका अधिकांश क्षेत्रमा इजरायली सेना र सशस्त्र प्यालेस्टिनी गुटबीच लडाइँ जारी रहेको स्रोतले जनाएको छ ।

गत अक्टोबर ७ मा इजरायल–हमास द्वन्द्व सुरू भएदेखि गाजापट्टीमा कम्तीमा २० हजार ५७ जना प्यालेस्टिनी मारिएको मन्त्रालयले जनाएको छ । ५३ हजार ३२० जना घाइते भएका छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।