टीकापुर अस्पताल फार्मेसीमा औषधि परामर्श तथा सूचना कक्ष सञ्चालन

टीकापुर: कैलालीको टीकापुरमा रहेको टीकापुर अस्पतालको फार्मेसीमा औषधि परामर्श तथा सूचना कक्ष सञ्चालन गरिएको छ।
एक हप्ता अगाडिबाट फार्मेसीमा आउने बिरामीका लागि औषधिको प्रयोग सम्बन्धि परामर्श दिन सूचना कक्ष सञ्चालनमा ल्याइएको अस्पताल फार्मेसी इन्चार्ज फार्मा डी डाक्टर जनक शाहील बताए। अस्पताल फार्मेसीमा पाँच वटा औषधि बिक्री काउन्टर बनाइरहेको शाहीले बताए। काउन्टर ‘क’ बाट आकस्मिक कक्षका बिरामी, शय्या भर्ना भएका, शल्यक्रिया र आइसियू भर्ना बिरामीलाई औषधि दिने व्यवस्था मिलाइएको छ।

यसैगरी, काउन्टर ‘ख’ बाट ओपिडी र पैसा तिरेर औषधि लिन मिल्ने र बाँकी तीन काउन्टरबाट स्वास्थ्य बीमा र सामाजिक सुरक्षा उपभोग गर्ने बिरामीलाई औषधि वितरण गर्ने व्यवस्था मिलाइएको शाहले बताए। फार्मेसीमा रहेको औषधि परामर्श तथा ड्रग सूचना कक्षमा वृद्धवृद्धा, अशक्त र अपाङ्गता भएका बिरामीहरूलाई औषधि प्रयोग सम्बन्धी परामर्श दिन थालिएको शाहले बताए।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
