टीकापुर

टीकापुरका परिकल्पनाकार शंकरनाथ रिमाललाई सम्मान गर्दै टीकापुुर महोत्सवको उद्घाटन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, २७ पुष । टीकापुरका परिकल्पनाकार शंकरनाथ रिमाललाई सम्मान गर्दै टीकापुुर महोत्सवको उद्घाटन गरिएको छ । उद्घाटनका प्रमुख अतिथि तथा नेपाल सरकारका उपप्रधान तथा रक्षा मन्त्री पूर्ण बहादुर खड्काले एक कार्यक्रम बीच उक्त महोत्सवको उद्घाटन गर्नु भएको हो ।

महोत्सवको उद्घाटन गर्दै मन्त्री खड्काले टीकापुर एक सुन्दर शहर भएकोले यो प्राकृतिक रुपबाट पनि परिपूर्ण भएको बताउनु भएको छ । अहिले टीकापुर आधुनिक रुपमा विकाश भइरहेकोले पर्याटन क्षेत्रमा विकाश गर्न सके देशलाई आर्थिक रुपमा टेवा पुग्ने बताउनु भएको छ । कृषि क्षेत्रलाई पनि आधुनिकरण गरेको खण्डमा कृषि पेशाले पनि यहाँका किशानको जीवन स्तर उकास्न सक्ने बताउनु भयो । त्यस्तै मानसरोवर करिडोरलाई पनि विकास गर्नसके देशले नै पर्यटन क्षेत्रमा फड्को मार्न सक्ने बताउनु भयो ।

बिज्ञापन

आफू अहिले संघिय सरकारमा भएकोले टीकापुरको चौतर्फी विकास गर्नको लागि कटिबद्ध रहेको बताउनु भयो । धेरै लामो समयदेखि यहाँका बाटा–घाटाहरुको विकास पनि अलपत्र रहेकोले आफूले काठमाडौं गएको समय सम्बन्धित निकायसंग छलफल गरेर द्रुतगतिमा अगाडि बढाउने बताउनु भयो ।

उहाँले टीकापुर उद्योग बाणिज्यसंगबाट आफूलाई सात बूँदे माग राख्नु भएकोले छ त्यो सकारात्मक रहेको छ । सत्ती भन्सार कोरोन टाइनको जुन समस्या रहेको छ त्यसको पहलको लागि सक्दो रहयोग गर्ने बताउनु भयो ।

कार्यक्रममा महेन्द्र राजाका पालामा काठमाडौंबाट आउनु भएका वरिष्ठ इंजिनिएर शंकरनाथ रिमाल जो तत्कालिन टीकापुर टाउनका प्लानिंङ कर्ता थिए, जसले यति राम्रो टीकापुरको रेखाङ्कन गरेका थिए । उहाँलाई मायाको चिनो दिएर सम्मान गरिएको थियो ।

कार्यक्रममा विविध राजनितिक, संघ–संस्थाका पदाधिकारी, ब्यापारी, बुद्धिजीवी, किसान, विद्यार्थी लगाएत आम जनसमुदायहरुको उत्साह उर्धक उपस्थिति रहेको थियो ।
कार्यक्रममा विविध भेषभूशा, संस्कृति, रहन–सहन झल्किने झाँकीहरु प्रदर्शन गरिएका थिए । महोत्सव पुष २७ गतेदेखि माघ ८ गतेसम्म संचालन हुने छ जसमा नेपालका ख्याति प्राप्त कलाकारहरुले आफ्नो प्रतिभा देखाउने छन् । महोत्सव हेर्नेहरुभोक लागेका खण्डमा मिठा–मिठा परिकार पनि खान पाउने छन् । कार्यक्रमको संचालन संघका महासचिव नवराज रिमालले गर्नु भएको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।