राष्ट्रिय समाचार

माओवादी काङ्ग्रेस गठबन्धन भत्किएपछि एमाले-माओवादी -रा.स्व.पा -जसपा सहितको नयाँ गठबन्धन बन्ने पक्का

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ ,नेपाली काङ्ग्रेसको हालै सम्पन्न महासमितिको बैठक पछि आगो भएका प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नयाँ गठबन्धनको तयारीमा देखिएका छ्न ।

बालक्टमा ओलि संग भेट गरेर नयाँ सत्ता गठबन्धनमा चार उपप्रधानमन्त्री हुने भएका छन् । चार उपप्रधानमन्त्री तथा गृहमन्त्री बनाउने जिम्मा ओलीलाई दिएको र बर्षमान पुन लाई उप-प्रधानमन्त्री तथा अर्थ मन्त्री दिने सम्भावना बढेको छ।

बिज्ञापन

नयाँ गठबन्धनको सरकारमा चार दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) बाट एक-एक जना उपप्रधानमन्त्री हुने समझदारी भएको हो ।

प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नै निरन्तरता पाउँदा उपमहासचिव वर्षमान पुन पहिलो पटक उपप्रधानमन्त्री हुने पक्का भएको छ । उनले अर्थ मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । पुन यसअघि पनि अर्थमन्त्री बनिसकेका छन् ।

त्यस्तै, जसपाबाट अध्यक्ष उपेन्द्र यादव उपप्रधानसहित परराष्ट्रमन्त्री हुने भएका छन् । उनी यसअघि दुई पटक परराष्ट्रमन्त्री भएका थिए । रास्वपामा सभापति रवि लामिछाने उपप्रधानमन्त्रीसहित सरकारमा जाने पक्का भएको छ । उनले गृह मन्त्रालय मागेका छन् । प्रधानमन्त्री ‘प्रचण्ड’ ले गृहमन्त्री कसलाई बनाउने भन्ने जिम्मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई दिएका छन् ।

गृह मन्त्रालयमा रास्वपाका सभापति रवि लामिछानेले अडान नछाडेपछि प्रधानमन्त्रीले गृहमन्त्रीको टुंगो लगाउने जिम्मा ओलीलाई दिएका हुन् । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीचको छलफल उदृत गर्दै बालुवाटार स्रोतले भन्यो, ‘गृह मन्त्रालय तपाईंहरू (एमाले) को भागमा हो । तपाईं आफै राख्नु हु्न्छ अथवा रास्वपालाई दिनुहुन्छ । त्यसको निर्णय तपाईं आफै गर्नुहोस् ।’

उता एमालेबाट उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा सरकारमा जाने बलियो सम्भावना छ । तर उनले कुन मन्त्रालय पाउने भन्नेबारे अलिहेसम्म टुंगो लागिसकेको छैन । गत वर्ष पुस १० गते दाहालकै नेतृत्वमा सरकार बन्दा पौडेल अर्थ र लामिछाने गृहमन्त्री भएका थिए ।

शक्ति बाँडफाडबारे छलफल गर्न बालुवाटारमा चार दलको बैठक बसिरहेको छ । एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले सोमबार नै सानो आकारको मन्त्रिपरिषद गठन हुने जानकारी दिएका छन् । नयाँ गठबनधनमा प्रतिनिधिसभामा एमालेको ७८, माओवादी ३२, रास्वपा २१, जसपाका १२ जना सांसद छन् । जनमत पार्टीलाई पनि सरकारमा ल्याउने तयारी छ । एमाले रास्वपा सरकारमा जाँदा कांग्रेस एकीकृत समाजवादी भने बाहिरिने भएका छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।