बिश्व

फेसबुक अवरुद्धबारे के भन्छ मेटा ?

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौँ, २३ फागुन । मेटाले फेसबुकसहित समाजिक सञ्जालमा देखिएको समस्या समाधान गरिएको जनाएको छ । मंगलबार राति अचानक फेसबुक, मेसेन्जर, इन्स्टाग्रामसहितका सामाजिक सञ्जालमा समस्या देखिएको थियो । न्युयोर्क टाइम्सका अनुसार फेसबुकमा करिब दुई घण्टा समस्या देखिएको थियो । विश्वभरका प्रयोगकर्ताको गुनासोपछि मेटाले फेसबुकसहितका प्लेटफर्ममा देखिएको प्राविधिक समस्याको समाधान गरिएको बताएको छ ।

मेटाका प्रवक्ता यान्डी स्टोनले एक्समा भनेका छन्, “आज केहीबेर प्राविधिक समस्याका कारण हाम्रा केही सेवामा प्रयोगकर्ताहरूले पहुँच पाउन सकेका थिएनन् । हामीले जतिसक्तो चाँडो समस्याको समाधान गरिसकेका छौँ । पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौँ ।” उनले प्राविधिक समस्या के कारण देखियो भन्नेबारे खुलाएका छन् । अहिले धेरै प्रयोकर्ताहरूको फेसबुक खुलिसकेको छ । तर, केही प्रयोगकर्ताहरूले अझै आफूहरूले समस्या भोगिरहेको गुनासो गरेका छन्

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।