स्वास्थ तथा सरसफाइ

भक्तपुरको सल्लाघारीमा निरंकारी सन्त समागमको तिब्र तयारी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं, २७ फाल्गुन । भक्तपुरको सल्लाघारीमा निरंकारी सन्त समागमको तिब्र तयारी भइरहेको छ । भक्तपुरको सल्लाघारी मैदानमा चैत्र ३ र ४ गते हुन गइरहेको विशाल २३औ निरंकारी सन्त समागमको तयारीमा अहिले नेपाल तथा भारतबाट आएका संयौ सन्त–महात्माहरु दिनरात सेवामा लागि रहनु भएको छ ।

सल्लाघारी मैदानको स्वरुप नै पूरा कायाकलप भएको छ । यसभन्दा पहिले ठूला–ठुला झारी, फोहर–मैला, शिशाका टुक्राहरु रहेको मैदान अहिले पूर्ण रुपबाट सफासुघ्र भएर सुन्दर मुहार फेर्न सफल भएका छन् सन्तहरु । आफ्नो देश नेपालमा धेरै वर्षपछि २३औं निरंकारी सन्त समागमको आयोजना हुन लागेकोले एक महिना पहिले कैलालीबाट काठमाडौ डेरा बनाएर सेवा गरिरहेका एक जना अनुयायीले भने, सन्त निरंकारी मिशनले विश्वमा विश्वबन्धुत्वको सन्देशलाई साकार पार्दै सबै संसारका मानव प्राणी एउटै ईश्वरका सन्तान हुन भन्ने सन्देशलाई विश्वको कुना–कुनामा फैलाएर अमन–शान्तीको सन्देश फैलाई रहेको बताउनु भयो ।

बिज्ञापन

त्यस्तै जनकपुरबाट आएर सल्लाघारी मैदानलाई अस्थाई बासस्थान बनाएका एक जना सन्त भन्छन्, ‘सन्त निरंकारी मिशन कुनै धर्म वा सम्प्रदाय नभएर एक विशुद्ध आध्यात्मिक विचारधारा भएकोले यसमा समभाव, समधर्मको भावनाबाट ओतप्रोत भएका सन्तहरु आवद्ध रहेका छन् । यहाँ कोहि सानो–ठुलो, धनि–गरीब, जाति–पातिको कुनै भेदभाव हुँदैन । सबैलाई आफ्नै भाइबन्धु सम्झेर दुःखमा परेकाहरुको घाउमा मलम लगाउनु नै ठुलो परोपकार हो’ उहाँले बताउनु भयो । उहाँले अगाडि भन्नुभयो कि यसै भावनाबाट प्रेरणा लिएर आज म सत्गुरुको कृपाले सेवामा संग्लग्न रहेको बताए ।

स्मरण रहोस सन्त समागमको तयारीमा देश–विदेशबाट आएका सन्तहरु घाम–पानी, दिनरात तिर्खा, भोक, धूलो–माटो नभनेर पूरा तन, मन, धनका साथ पूर्ण निःस्वार्थ भावले उत्साहका साथ लागि परेको देखिन्छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।