आस्था /आध्यात्म

सन्त निरंकारी सत्संग भवन टीकापुरमा अध्यात्मिक प्रशिक्षण कार्यक्रम सम्पन्न

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, २४ चैत्र । सन्त निरंकारी सत्संग भवन टीकापुरमा अध्यात्मिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

सन्त निरंकारी मण्डल केन्द्रीय कार्यलय, दिल्लीबाट आउनु भएका प्रचार विभाग केन्द्रीय संयोज हेमराज शर्माको संयोजकत्वमा एक दिने आध्यात्मिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । उहाँसंग आउनु भएका प्रशिक्षक धर्मेश पयाल, लक्ष्मण भट्टराईले पालैपालोगरि सहभागी सन्तहरुलाई विभिन्न विषयमा प्रशिक्षण दिएका थिए ।

बिज्ञापन

मुख्य प्रशिक्षक हेमराज शर्माले ब्रम्हज्ञान दिदा कुन विधिबाट दिनु पर्छ त्यसको विस्तृत रुपमा जानकारी गराउनु भएको थियो । उहाँले कुनैपनि सन्त–महापुरुषलाई ज्ञान प्रदान गर्दा एउटै प्रकारको हुनु पर्दछ, नकि बिभिन्न ठाउँमा अलग–अलग । ब्रम्हज्ञान दिने प्रक्रियामा समानता हुनु पर्दछ । ब्रम्हज्ञान दिने सुत्रको विस्तृत रुपमा चर्चा गर्दै उहाँले भन्नुभयो कि ब्रम्हज्ञान दिने समय सबैभन्दा पहिले यो स्पष्ट हुनु पर्छ कि ब्रम्हज्ञानको मालिक केवल सत्गुरु माता सुदीक्षा जी महाराज हुनुहुन्छ । उहाँको आशीर्वादबाट ब्रम्हज्ञान प्रदान गरिदैछ । ब्रम्हज्ञान दिने केवल माध्यम हो अर्थात मानौ ‘म’ केवल माध्यमको रुपमा यहाँ कार्य गरिरहेको छु । त्यस्तै स्टेप २ मा उहाँले भन्नुभयो कि माथिको कुरा उल्लेख गरिसकेपछि ब्रम्हज्ञान लिनेलाई पाँच प्रणको बारेमा जानकारी गराउनु पर्छ, तिनीहरुको सहमति लिनु पर्दछ । पाँच प्रण लिदा तन, मन, धन प्रभु (निरंकार) को देन हो, यसलाई प्रभुको देन सम्झेर जीवनमा प्रयोग गर्नु पर्दछ र यसको कहिल्यै अभिमान गर्नु हुँदैन । त्यस्तै प्रण २ मा जात–पात, वर्ण, आश्रम आदिको अभिमान गर्नु हुँदैन । प्रण ३ मा कसैको खान–पान र रहन–सहनमाथि आपत्ति वा नफरत गर्नु हुँदैन । प्रण ४ मा गृहस्थमा रहनु छ, वेशधारी साधु–सन्त–फकीर बनेर समाजको बोझ बन्नु हुँदैन । र अन्तिम प्रण ५ मा सत्गुरुद्वारा प्रदान गरिएको ब्रम्हज्ञान, सत्गुरुको आज्ञा विना कसैलाई भन्नु हुँदैन ।

यसरी पाँच प्रणको ज्ञान राम्रोसंग सहभागिहरुलाई दिसकेपछि सत्गुरु माता सुदीक्षा जी महाराजको चरणमा बिन्ति गर्नु पर्छ कि कसैको गुण–अगुणलाई नदेख्दै यिनलाई ब्रम्हज्ञानको अमूल्य ज्ञान प्रदान गरियोस र ब्रम्हज्ञान अन्तिम स्वाँससम्म यिनको जीवनमा स्थापित भइरहोस ।

त्यस्तै निरंकार र प्रकृतिको बारेमा सम्झाउनु पर्छ, त्यसपछि निरंकारको दुई तलियाद्वारा ईशारा दिइयोस कि निरंकारलाई अंग–संग महसूस गर्दै सुमिरण गर्नु पर्छ । ज्ञान प्रचार महात्माले सत्संग, सेवा, सिमरणको प्रेरणा दिनु पर्दछ र सत्संग, सेवा, सिमरणबाट नै जीवनलाई ज्ञानमय बनाउन सकिन्छ ।

त्यस्तै प्रकारले अर्का प्रशिक्षक धर्मेश पयाल र लक्ष्मण भट्टाराईले पनि ब्रम्हज्ञान प्रदान गर्दा जीवनमा अपनाउनु पर्ने अनुशासन, मर्यादा, भाषालाई ध्यानमा राख्दै सत्गुरुको ब्रम्हज्ञानलाई दिदा जुनसुकै ठाउँमा एउटै हुने पर्ने बताउनु भयो ।

प्रशिक्षण शिविरको अन्तमा सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावलले एक दिने प्रशिक्षण शिविरमा सहभागि भएका ज्ञान प्रचारक, मुखी, सत्संग इंचार्ज, उद्घोष÷उद्घोषिका एवं स्टेजमा सेवा निभाउने सन्त–भक्तहरुलाई ब्रम्हज्ञानलाई कसरी एक रुपताका साथ प्रदान गर्नु पर्छ भन्ने विषयमा प्रशिक्षण दिन आउनु भएका केन्द्रीय प्रचार विभाग संयोजक हेमराज शर्मा, धर्मेश पायल र लक्ष्मण भट्राईलाई धन्यवाद दिनु भयो । उहाँले सत्गुरु बाबा हरदेव सिंह जी महाराजको उद्गारलाई वर्णन गर्दै ‘आध्यात्मिक शिक्षा नै भौतिक शिक्षाको पूरक हो ।’ जबसम्म हाम्रो जीवनमा आध्यात्मिक शिक्षा हुँदैन तबसम्म हामी भौतिक शिक्षालाई पूर्ण रुपमा जीवनमा लागु गर्न सक्दैनौ र त्यसबाट कुनै आध्यात्मिक लाभ पाउन सक्दैनौ । आज सत्गुरुले हामीलाई आध्यात्मिक शिक्षामार्फत ब्रम्हज्ञानद्वारा नयाँ जीवन प्रदान गर्नु भएको छ । भौतिक जीवन त बाँची रहेका थियौं, पूजा–पाठ पनि गरिरहेका थियौं, तर आज गुरु कृपाबाट हामीलाई अनुभूति भयो कि जसको भक्ति, उसको पूजा त्यसको ज्ञान जरुरी छ, कहे हरदेव पहिले ईश्वरको पहिचान जरुरी छ । नेपाल मन्दिरै मन्दिरको देश छ, माता सीता जीको जन्म भूमि, भगवान बुद्धको तपोभूमि रहेको, हिमालयको काखमा रहेको पवित्र स्थल जहाँ पशुपति आर्यध्य देवाता रहेको ठाउँमा हामी अन्जानमा भौतिक जगतमा रुमल्लिदै गइरहेका थियौ तर आज सत्गुरु माता जीको हामीमाथि आशीर्वाद भयो जसले यो आध्यात्मिक शिक्षाको माध्यमबाट ब्रम्हज्ञानलाई जीवनमा धारण गरेर सुखमय जीवन बिताउन सफल भएका छौ, उहाँले बताउनु भयो ।

प्रशिक्षण शिविरमा टीकापुर क्षेत्रका ज्ञान प्रचार, मुखी, स्टेज सेवा निभाउने, सत्संग इंचार्ज, उद्घोष÷उद्घोषिगरि करिब १५० जना सहभागिलाई विभिन्न विषयमा ब्रम्हज्ञान प्रदान गर्ने तरीकाबारे प्रशिक्षण दिइएको थियो । कार्यक्रमको अन्तमा सहभागीहरुले आफ्नो मनमा लागेका प्रश्नहरुको उत्तर सोधेको थिए र त्यसको उत्तर निकै सरल र स्पष्ट रुपबाट हेमराज शर्माले दिनु भएको थियो । उक्त कार्यक्रममा सहभागि हुन सल्यान, प्यूठान, जाजरकोट, रोल्पा, दाङ्ग, सुर्खेत, बाँके, बर्दिया, कञ्चनपुर, डडेल्धुरा, डोटी, अछाम, कैलाली आदि विभिन्न ठाउँबाट सन्तहरु आएका थिए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।