आस्था /आध्यात्म

चैते दशैंमा सार्वजनिक बिदा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

अछाम, वैशाख ३ गते । मङ्गलसेन नगरपालिकाले चैते दशैंको दिन सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । नगरपालिकाले आफ्नो राजपत्रमा सोमबार सूचना प्रकाशित गरेर वैशाख ४ गते मंगलबारका दिन सार्वजनिक बिदा दिने निर्णय गरेकाे हो । 

वैशाख २ गते राजपत्रमा सूचना प्रकाशन गरी नगर क्षेत्रभित्र चैते दशैं मनाउने र जुपू खौलामा दशैं मेला लाग्ने भएकोले बिदा दिइएको बताइएको छ । अघिल्लो महिनाको चैत ३० गते बसेको नगरकार्यपालिकाको १० औं बैठकले नगरपालिका र अन्तर्गतका सम्पूर्ण कार्यालयहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । 

बिज्ञापन

अछाममा हरेक वर्ष रामनवमीको अघिल्लो दिन (चैत शुक्ल अष्ठमी) चैते दशै धुमधामका साथ मनाउने परम्परा रहेको छ । चैते दशैंको लागि घर बाहिर रहेकाहरु समेत गाउँघरमा फर्केर चैते दशैं मनाउने गरिन्छ । 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।