बिश्व

अहिलेसम्मकै कम मतान्तरले भारतीय प्रधानमन्त्री मोदी विजयी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । भारतमा भएको लोकसभा निर्वाचन–२०२४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विजयी भएका छन् । उत्तर प्रदेशको वाराणसीबाट उनी मंगलबार तेस्रोपटक लोकसभाका लागि विजयी भएका हुन् ।

यसपटक उनी सबैभन्दा कम मतान्तरले विजयी भएका छन् । उनले प्रतिस्पर्धी राष्ट्रिय भारतीय कांग्रेसका उमेदवार अजय रायलाई डेढ लाख मतको अन्तरले हराएका छन् ।

बिज्ञापन

अघिल्ला दुई निर्वाचनको तुलनामा यसपटक उनको मतान्तर कम देखिएको हो । यसपटक मोदीले अघिल्लो सन् २०१९ मा प्राप्त गरेको मतभन्दा कम मत पाएका छन् ।

सन् २०१९ मा मोदीले ६ लाख ७४ हजार ६६४ मत प्राप्त गरेका थिए । यसपटक उनले ६ लाख ११ हजार ४३९ मत प्राप्त गरेका छन् ।

अघिल्लो निर्वाचनमा कांग्रेसका रायले एक लाख ५२ हजार ५४८ मत प्राप्त गरेका थिए । यसपटकको निर्वाचनमा भने उनले चार लाख ५९ हजार ८४ मत प्राप्त गरेका छन् ।

यसपटकको लोकसभा निर्वाचनमा मोदीले रायलाई एक लाख ५२ हजार ३५५ मतले हराएका छन् । 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।