राष्ट्रिय समाचार

प्रधानमन्त्रीले आज विश्वासको मत लिँदै

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कैलाली । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिँदै छन् । त्यसका लागि प्रतिनिधि सभाको बैठक आज दिउँसो एक बजे बस्दै छ ।आज नागरिक उन्मुक्ति पार्टीले पनि विश्वासको मत दिने बताएको छ ।

नाउपा संसदीय दलका नेता गङ्गा चौधरीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरिसकेको जनाए । प्रधानमन्त्रीको पक्षमा मतदान गर्न ह्विप लगाइसकेको समेत उनले जनाए ।

बिज्ञापन

‘हामीले मन्त्री पाउने नपाउने भन्ने विषय मात्रै होइन हाम्रा पनि माग र मुद्दा छन्, संसदीय दलका नेता चौधरीले भने, ‘हामीले विश्वासको मत दिने निर्णय गरिसकेका छौँ । ह्विप पनि लगाइसकेका छौँ ।’ नाउपाका केन्द्रमा चार सांसद छन् ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको नाउपा भने अहिले सम्म सरकारमा सहभागी भएको छैन । अहिले कांग्रेस एमाले जसपा र लोसपा मात्रै सरकारमा छन् ।

२७५ सदस्यीय प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न कम्तीमा १३८ मत चाहिन्छ । साना दलहरूलाई पनि मिसाएर ओली दुई तिहाइ बहुमत पुराउने कसरतमा छन् ।

दुई वा दुई भन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । प्रधानमन्त्री ओली नेपाली काङ्ग्रेससमेतको समर्थनमा ३० असारमा प्रधानमन्त्री नियुक्त भएका थिए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।