राष्ट्रिय समाचार

चोरी शिकारीमा संलग्न भिआइपी टोली मध्यरातमा पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ कोशी ब्यारेज पलार क्षेत्रमा बुधबार मध्यराती चोरी शिकारीमा संलग्न १० जना भिआइपी टोली पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नेपाल प्रहरीका पूर्व डिआइजी, पूर्व उपसभामुखका छोरादेखी बहालवाला सइसम्म छन्। प्रहरीका अनुसार राती २ बजेतिर कोशी ब्यारेज पलार क्षेत्रबाट अवैध रुपमा बँदेल मारेर फर्किदै गर्दा हतियारसहित १० जना पक्राउ परेका हुन् ।

बिज्ञापन

पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय कंचनपुरमा राखी अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक गजुसिद्धि बज्राचार्यले जानकारी दिए ।

पक्राउ पर्नेमा नेपाल प्रहरीका पूर्व डिआइजी सुनसरीको इटहरी उपमहानगरपालिका २ का ६१ वर्षिय ज्ञानबिक्रम शाह, पूर्व उपसभामुख सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका जोगिनियाँ निवासी गंगाप्रसाद यादवका ४० वर्षिय छोरा आकाश यादव, नेपाल प्रहरीका बहालवाला सई बिराटनगर उपमहानगरपालिका ३ निवासी ३९ वर्षिय संजय न्यौपाने छन् । सई न्यौपाने हाल मधेश प्रदेशको बर्दिवास प्रहरी कार्यालयमा कार्यरत छन् ।

यस्तै हनुमाननगर कंकालिनी नगरपालिकाका जनार्दन राउत, ओमशंकर प्रसैला, लक्ष्मण मंडल, शंकर खिडहरी यादव, तिरहुत गाउँपालिकाका लक्ष्मी मंडल, राजविराज नगरपालिका ७ का रबिन दास र सुनसरीको इटहरी उपमहानगरपालिका २ का प्रदिप लिम्बु पनि पक्राउ परेका छन् ।

उनीहरुको साथबाट २२ क्यालिबरको राइफल एक थान, राइफलको म्याग्जिन २ थान, सोमा प्रयोग हुने गोली १५ थान, बाइनाकुलर ३ थान, ट्राइपोर्टर एक थान, फलामको हथौडा एक थान, खुर्पा एक थान, चोरी शिकारी गरी मारिएको बँदेल लोड गरिएको को.२ त. ६९ नम्बरको ट्याक्टर तथा प्रदेश–३–०१–०२२च.६८५५ नम्बरको स्कारपियो बरामद भएको प्रहरीले जनाएको छ ।

बरामद भएका सामनसहित अहिले उनीहरुलाई इलाका प्रहरी कार्यालय कंचनपुरमा ल्याई डिभिजन वन कार्यालय सप्तरीको समन्वयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गत वर्ष सोही क्षेत्रबाट प्रहरीले चोरी शिकारीमा संलग्न एक जना चिकित्सकलाई पक्राउ गरी कारवाहीका लागि डिभिजन वन कार्यालय सप्तरीलाई बुझाएको थियो । बन्यजन्तु चोरी शिकारी अपराध भएको बुझनेहरुबाटै यस्तो क्रियाकलाप हुनु आश्चर्यको विषय भएको स्थानीयको भनाई छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।