सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिममा सार्वजनिक यातायात सेवा बन्द गर्ने व्यवसायीहरुको चेतावनी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढीः सुदूरपश्चिममा निजी सवारीसाधनले यात्रु ओर्सादा सार्वजनिक यातायातका व्यवसायीहरु सङ्कटमा परेका छन्।

कैलाली–कञ्चनपुरसहित सात पहाडी जिल्लामा निजी गाडीहरुले यात्रु बोक्दै आएका हुन्। रातो नम्बर प्लेटका गाडीहरुले महेन्द्र राजमार्ग, भीमदत्त राजमार्गसहित भित्रि सडकहरुमा यात्रु बोक्दै आएका छन्। कैलालीको चिसापानी–कुइने सडक, बौनिया–तल्ला पानी सडक, सुखड–ठुलीगाड सडक, चौमाला–खैराला सडक, स्याउले–हाटखोली लगायत रोडको प्रमिट नभएका क्षेत्रहरुमा निजी गाडी सञ्चालन हुँदै आएका थिए।

बिज्ञापन

तर, पछिल्ला दिनहरुमा डोर प्रमिट पाएका सहजपुर–विपिनगर सडक, बुडर–जोगबुढा सडक, बुडर–जोरायल लगायत सडकहरुमा समेत ऐनविपरीत निजी गाडीहरुले यात्रु बोक्दै आएका छन्। ऐनविपरीत निजी गाडीहरुले यात्रु बोक्दा पनि ट्राफिक प्रहरी, स्थानीय प्रशासन र सुदूरपश्चिम प्रदेश सरकारले नियमन नगरेको गुनासो यातायात व्यवसायीहरुको छ।

सार्वजनिक यातायात व्यवसायी रामचन्द्र गिरीले प्रालिहरु सङ्कटमा परेको बताए। उनले भने, ‘म बाजुरा संयुक्त व्यवसायीको संयोजक हो। गाडीको सङ्ख्या धेरै छन्। हामीहरुले मर्ज गरेका छौ। हामी सङ्कटमा छौ। रातो नम्बरका गाडीहरुले यात्रु बोक्दैछन। रिजबमा लिन पाउने हो। तर, उहाँहरुले बसपार्कबाट यात्रु लिदै आएका छन्। एक जना यात्रु पनि उहाँहरु लिनुहुन्छ। ट्राफिक र प्रहरीको मिलोमतोमा हुँदैछ।’

कैलाली–कञ्चनपुरसहित सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लामा सञ्चालनमा हुने सार्वजनिक यातायातहरुले सवारी नपाउने समस्या छ। प्रदेशका अधिकांश सडकमा निजी गाडीहरुले यात्रु बोक्ने गरेकाले सार्वजनिक यातायातका सञ्चालकहरु समस्यामा छन्। धनगढीबाट डडेल्धुरा र बैतडीसम्म पनि विद्युतीय सवारीले यात्रु बोक्न थालेपछि उनीहरुले यात्रु नपाउने समस्या झन बढेको हो।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।