सडक सफा गर्न र बिरुवालाई पानी हाल्न धनगढीले ल्यायो ‘रोड वासर’ मेसिन
लोक कल्याणकारी विज्ञापन

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले धुलाम्मे सडक सफा गर्न र बिरुवालाई पानी हाल्न ‘रोड वासर’ मेसिन सञ्चालनमा ल्याएको छ । उपमहानगरपालिकाले रोड वासरको पानी ट्यांकीबाट निस्कने पानीको फोहोराले सडकको धुलो पखाल्ने, सडकको किनारामा रोपिएको बिरुवामा पानी हाल्ने र हिउँदमा धुलोले ढाकिएको बिरुवा पखाल्ने काम गर्ने बताएको छ ।
लोक कल्याणकारी विज्ञापन

धनगढीलाई सफा बनाउन र हरियाली प्रवर्द्धनका लागि रोड वासर मेसिन खरिद गरेको धनगढी उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिकाका अनुसार रोड वासर मेसिनको आगलागीको बेला आगो निभाउन र महामारीका बेला औषधि छर्किन पनि प्रयोग हुनेछ । धनगढी उपमहानगरपालिकाले ६९ लाखरमा रोड वासर मेसिन खरिद सञ्चालनमा ल्याएको हो ।
लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

