स्वास्थ तथा सरसफाइ

राउटे समुदायका गर्भवती तथा सुत्केरी महिलाको स्वास्थ्य चेकजाँच

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

दैलेख । दक्षिण एशियाको एकमात्र फिरन्ते राउटे समुदायका गर्भवती तथा सुत्केरी महिलाको स्वास्थ्य चेकजाँच गरिएको छ । गर्भवती र सुत्केरी महिलाको आईपर्ने समस्या’bout समाधान गर्नको लागि स्वास्थ्य चेकजाँच गरिएको हो ।

राउटे समुदायका युवा बिर्ख बहादुर शाहीको निधन पश्चात् केही समय अघि मात्र सुर्खेतको बराहताल गाउँपालिका –७ मा बसाइँ सरेका राउटे समुदायका गर्भवती महिलाहरुको स्वास्थ्य चेक जाँचसँगै सरसफाई सम्बन्धि कार्यक्रम गरिएको राउटे समुदायमा कार्यरत अनमी अनुजा पन्तले जानकारी दिईन ।

बिज्ञापन

उनले भनिन, गर्भवती र सुत्केरी महिलामा आईपर्ने समस्या त्यसका समाधान उपायका साथै गर्भमा रहेको जन्मिएको बच्चाको सुरक्षाको लागि हामीले यो चेकजाँच गरेका हौं । चेकजाँच गरिएका महिलाको अवस्था ठिक छ । तर एकजना महिलाले आफ्नो धर्म विरुद्ध हुने भन्दै चेकजाँच गर्न दिनुभएन । यो समुदायमा पोषणयुक्त खाना खानपानकोे कमि हुने समस्या देखिएकाले स्वास्थ्य चेकजाँच तथा स्वास्थ्य र सरसफाई सम्बन्धि कार्यक्रम गरेका हौं ।

स्वास्थ्य संस्थामा चेकजाँच गर्न जान मान्दैनन् । आफूहरुलाई पोषण युक्त खानपिनको कमी रहेको राउटे समुदायका महिला बिनी साहीले बताईन । कहिलेकाहीँ बाँदरको मासु खान पाउने भए पनि प्रयाप्त रुपमा पोषण युक्त खान नपाईने,तथा अन्य खानपिनको कमी छ । तर खाने त तपाईहरु भन्छ , जंगलमा त्यो पाईदैन । राउटेसँग पैसा पनि छैन,विनी शाहीले पिडा सुनाईन ।

राउटे समुदायका मुखियाका कारण स्वास्थ्य चेकजाँच पनि गर्न नपाइने र खानपिनका कुरामा पनि प्रयाप्त नपाउने समस्याले गर्भवती र सुत्केरी अप्ठेरोमा परेको राउटे युवती गाजली शाहीले बताईन । मुखिया मान्दैनन,मुखियाले जे भन्यो त्यही मान्ने हाम्रो परम्परा छ ।

गर्भवती तथा सुत्केरी महिलाको स्वास्थ्य चेकजाँचका क्रममा राउटे समुदायका महिलाहरुलाई खानपानका कुराहरुमा ख्याल गर्ने र पोषण,आइरन चक्की तथा सरसफाईका ’boutमा जनचेतनामुलक कार्यक्रम गरिएको स्वास्थ्यकर्मी बताईन ।

राउटे समुदायमा हाल ७३ जना महिला रहेका छन् । चेकजाँचका क्रममा राउटे समुदायमा २ जना गर्भवती र १ जना सुत्केरी छन् । एईआइएन लक्जेम्बर्गको साझेदारीमा सोसेक नेपालद्वारा राउटे समुदायमा संचालित राउटे परियोजनाको आयोजनामा स्वास्थ्य चेकजाँच गरिएको हो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।