राष्ट्रिय समाचार

दसैंभरी काठमाडौं-नारायणघाट सडकमा ठुला सवारी सञ्चालनमा रोक

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं-नारायणघाट-काठमाडौंसम्म ठुला सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । यातायात व्यवस्था विभागले घटस्थापना बिहीबारदेखि कोजाग्रत पूर्णिमा कार्तिक १ गतेसम्म ट्रेलर र अन्य ठुला सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो।

काठमाडौं भित्रने र बाहिरिने मुख्य नाकाका रुपमा रहेको यो राजमार्गमा दशैंका समय यात्रुबाहक सवारी साधनको चाप अत्यधिक हुने भएकाले सवारी सञ्चालनमा रोक लगाइएको विभागले उल्लेख गरेको छ । विभागका महानिर्देशक राजीव पोखरेलले औषधि र तरकारी बोकेका बाहेक अन्य ठुला सवारी साधन सञ्चालन भएको पाइए आवश्यक कारबाही गर्ने चेतावनी दिए ।  

बिज्ञापन

विभागको निर्णयअनुसार प्रहरीले ठुला सवारी साधनलाई काठमाडौं र नारायणघाटमै रोकेर राखेका छन् ।  

यातायात आवागमन सहज बनाउन भन्दै विभागले आयातित मालवाहक सवारीको हकमा भन्सार, प्रज्ञापनपत्र र निर्यातित मालवाहक सवारीको हकमा नियम राजस्व बुझाएको रसिद हेरेर भन्सार कार्यालयल खुलेको अवस्थामा नरोक्ने निर्णय पनि गरेको छ । 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।