आस्था /आध्यात्म

बर्दियाको तारातालमा वृहत सत्संग सम्पन्न

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

ताराताल (बर्दिया), १८ असोज । बर्दियाको तारातालमा वृहत सत्संग सम्पन्न भएको छ । भारतको देहरादूनबाट आउनुभएका ज्ञानप्रचारक भरत बहादुर ठाकुरले उक्त अवसरमा भन्नुभयो कि निरंकारी मिशन कुनै छुट्टै धर्म नभएर एक आध्यात्मिक विचारधारा हो । श्रृष्टिका सबै मानवहरुको कल्याणको लागि यो मिशन रहेको छ । यसमा सानो–ठुुलो, धनि–गरीब, उच–निच, जात–पात, धर्म, रहन–सहनलाई नहेरेर केवाल मानव जातिको कल्याणको लागि यो मिशन रहेको छ । जहाँ मानवियताको पाठ, भाइचाराको पाठ, एकत्व र प्रेमको पाठ सत्गुरुले मानवलाई सिकाई राख्नु भएको छ, उहाँले बताउनु भयो ।


आफू जहाँ–जहाँ नेपालमा गए र त्यहाँ सन्तहरुको प्रेम–नम्रतालाई देखे त्यो आफूैमा महान रहेको छ । यहाँका सन्तहरुको माया–प्रेम, सत्कार, ह्दयको भावना त्यो निकै महान रहेको छ । भारतका सन्तहरुले पनि नेपालका सन्तहरुको महिमा गाउने गर्दछन् । आज सत्गुरु माता सुदीक्षा जी महाराजले पनि प्रत्येक मानवलाई मानवताको पाठ पढाई आत्माकोे पति परमात्माको दर्शन गराएर संसारबाट विभिन्न भेदभावलाई मेटाएर सबै मानव प्राणीहरुलाई एक बनाई राख्नु भएको छ । त्यस्तै सत्गुरु माता जीले भन्नुभएको छ कि बोलीबाट होइन, कर्मबाट आफ्नो पहिचान बनाउनु छ । कर्मलाई झल्काउनु छ । होपनि, निरंकारी मिशनको यो मुख्य सिद्धान्त पनि हो केवल बोलेर मात्र होइन त्यसलाई जीवनमा ढाल्नु नै महानता हो । सत्गुरु बाबा जीले कर्म गर भन्नु हुन्थ्यो । यहाँ बोल्ने मात्र होइन, कर्म गर्नु पनि छ । जो दुःख–पिडामा परेको छ भने त्यसको दुःख–पिडालाई दुर गर्ने, असाय छभने त्यसको सहायता गर्ने, आफ्नो देशको लागि काम गर्ने, समाजको उत्थानको लागि कार्य गर्ने । निरंकारी मिशनले पनि यहि पाठ पढाउने गर्छ । पूरा विश्वमा विश्वभाचाराको सन्देशलाई फैलाई रहेको छ । हामी सबैलाई बनाउने पनि परमात्मा नै हो । यो श्रृष्टिको रचना गर्ने पनि परमात्मा–ईश्वर–निराकार नै हो, जसको अनेकौ नामहरु छन् तर त्यो एउटै प्रभु–परमात्मा हो, उहाँ बताउनु भयो ।

बिज्ञापन


उहाँले अगाडि भन्नुभयो कि ब्रम्हज्ञान भनेको विश्वको उत्तम विद्या हो । यो ब्रम्ह विद्या स्वतः प्राप्त हुन सक्दैन । यसको लागि सत्गुरुको आवश्यकता पर्छ । यदि गुरुको आवश्यकता नभएको भए राम–लक्ष्मणका गुरु वशिष्ट जी किन हुनुभयो ? त्यस्तै भगवान श्रीकृष्णका गुरु सन्दिपीनी किन हुनुभयो ? विदेही राजा जनकका गुरु अष्टवक्र किन भए ? अरुपनि भक्तहरुको जीवनी पढछौ भने जस्तै भक्त तुलसी दास जी, मिरा जी, रविदास जी, एकनाथ जी, सन्त तुकाराम जी, सन्त विवेकान्द जी आदि जतिपनि छन् तिनीहरु सबैले सत्गुरुको कृपाबाट नै ब्रम्हज्ञानलाई हासिल गरे । त्यसैले ब्रम्हज्ञान प्राप्त गर्नको लागि गुरुको आवश्यकता पर्दछ । तुलसी दासले भनेका छन् कि तिमीले परमात्मालाई त पाएका छैनौ, तिमी सोची रहेका छौ कि मैले ठुलो काम गरिरहेको छु । मोक्षको लागि मनमा आफ्नो भाव लिएर हिड्छौ तर मोक्षको प्राप्ति यस प्रकारबाट हुँदैन । जबसम्म पारब्रम्हा निराकारको अनुभूति हुँदैन, परमात्मको दर्शन हुँदैन, परमात्को जानकारी हुँदैन । यो केवल सत्गुरुको द्वारमा आएर मात्र हुने छ । त्यसैले निरंकारी मिशनको सन्देश पनि रहेको छ कि गुरु भेट भएपछि हरिको पनि भेट हुन्छ । बिना गुरुको हरि प्राप्ति हुँदैन । अन्तमा उहाँले कसैलाई हरिको दर्शन गर्ने अभिलास छ भने मिशनमा आएर गर्न सक्नु हुने छ भनेर सबैलाई हरियाणामा हुन गइरहेको निरंकारी सन्त समागममा सहभागि हुन आमन्त्रण गर्नुभयो । भोलि शनिबार कैलालीको टीकापुर सत्संग भवनमा पनि यस्तै सत्संग कार्यक्रमको आयोजना गरिएको छ, त्यसमा सबैलाई आमन्त्रण गरिएको छ ।


सत्संग आरम्भ हुनुभन्दा अगाडि ताराताल बजारमा रहेको कालीका मन्दिर परिसर क्षेत्र भित्र सेवादलका जवानहरुले सरसफाई गरेका थिए ।


सत्संग कार्यक्रममा पवन, सुमन, गंगा, सम्झना एवं साथी, श्याम, मोहन थापा, भरत, गायक तेज बोहरा, सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय सदस्य देवराज रिमाल, करण जी, राम बहादुर, मनोज, गदिराम, नेपालगन्ज भवनका मुखी शिव प्रसाद गोडिया, देहरादूनबाट आउनु भएकी गीतकार तथा गायिका शोभा ठाकुरले भजन वा प्रवचनको माध्यमबाट आ–आफ्ना भाव व्यक्त गरेका थिए भने मधुवन नगरपालिकाका नगरप्रमुख तेज बहादुर भाट तथा वडा नं. ४ का वडा अध्याक्ष मेघ बहादुर गुरुङ्गको विशेष उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन संजिव श्रेष्ठले गरेका थिए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।