अछामको चौरपाटीमा भव्य सत्संग समारोह सम्पन्न

अछाम, २८, मंसिर । अछामको चौरपाटीमा भव्य सत्संग समारोह सम्पन्न भएको छ ।

अछामको पर्यटकीय स्थल चौरपाटीको निरंकारी सत्संग भवनको प्राङ्गणमा आयोजित साध संगतलाई सम्बोधन गर्दै सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावलले सन्त निरंकारी मिशन कुनै धर्म वा सम्प्रदाय नभई एक विशुद्ध आध्यात्मिक विचारधारा हो । यहाँ सबै प्रकारका हिन्दु, मुस्लिम, सिख, ईसाई, जात–जाति, सम्प्रदायका मानवहरु सहभागि भएर यस दातार परमात्माको यशोगान गाईने गरिन्छ । जतिपनि अवतारी पुरुषले निराकार–परमात्माको ध्यान, भक्ति गरे त्यही ध्यान, भक्ति आज निरंकारी मिशनमा पनि गरिदै छ, यहाँ कुनै अलग कुरा सिकाईदैन । यो मिशन सबै धर्मको साझा मञ्चभन्दा फरक नपर्ला । निरंकारी मिशन मूल हो, यसले सनातन निराकारलाई मान्ने, शिवलाई मान्ने निरंकारी हुन । निराकार–परमात्मालाई मान्नेहरुलाई निरंकारी भनिन्छ । यसले कसैको धर्म परिवर्तन गराउँदैछ, यसले केवल भावना परिवर्तन गराउँछ । कुनै रितिरिवाज, संस्कृति, भेशभूषा, खानपानलाई परिवर्तन गराउँदैन । यसले केवल जन्म दिने दातारको जानकारी गराउने गर्दछ । आज हामीलाई यसको बोध गराउने सत्गुरु प्राप्त भएको छ । उहाँले हामीलाई ब्रम्हज्ञानको माध्यमबाट यस निराकार–परमात्माको जानकारी गराई राख्नु भएको छ, उहाँले बताउनु भयो ।


श्रीकृष्ण भगवानले अर्जुनलाई भन्नुभयो कि आत्मा सनातन हो, यस आत्मालाई जाने बिना मुक्ति प्राप्त गर्न सकिदैन । तिमीले यसलाई जान्ने कोशिश गर । जब–जब धर्मको गलानी र पापको वृद्धि हुन्छ तब–तब म यस पृथ्वीमा मानव देह रुप धारण गरेर अवतरित हुने छु भनेर श्रीकृष्णले अर्जुनलाई भन्नु भएको छ, उहाँले सम्झाउनु भयो ।

हामीले गुरुमतलाई अपनाउनु पर्छ । ज्ञान नपाउनुभन्दा पहिले हामीले प्रकृतिलाई परमात्मा मानेका थियौं तर आज गुरुको कृपाट सच्चा निराकार–परमात्मा को रहेछ भन्ने कुराको जानकारी हामीलाई भयो । ईश्वरलाई पाउन विभिन्न ठाउँको तिर्थ–यात्रा, कर्म, वर्त, तपस्या गरयौ तर यसलाई पाउन सकेनौ तर आज सत्गुरुको कृपाबाट घरमै बसेर ब्रम्हज्ञानलाई पाउन सफल भएका छौ । मनुष्य योनिमा आएर पनि यस ब्रम्हज्ञानलाई पाउन सक्दैनौ भने हाम्रो मानव योनि व्यार्थ हुने छ , प्रष्ट पार्नुभयो ।

सन्त निरंकारी मिशन नेपालमा कसरी भित्रियो र यसलाई ल्याउन कतिको दुःख–कष्ट गर्नु प¥यो भन्ने बारेमा बताउँदै निरंकारी मिशन सर्वप्रथम अछामको गोयलापानीबाट शुरु भएर ४१ जिल्लाहरुमा यसका शाखाहरु रहेका छन् र साथै १३५ सत्संग भवनहरु रहेका छन् । अहिले नेपालका विकट जिल्लाहरुमा पनि मिशनको ज्योति फैलिरहेको छ । तर दुःखको कुरा अछामबाट शुरु भएको मिशन आज अछाममा निकै ढिलो गतिमा अगाडि बढी रहेको छ । अब हामी सबै सन्त–भक्तहरुले सत्गुरुको सन्देशलाई अछामको कुना–कुनामा फैलाउनुमा हामी सबैको सहयोग हुन सकोस भन्ने सुझाव दिनुभयो ।
उक्त अवसरमा सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय सचिव अनिल महर्जनले सत्गुरुको कृपाबाट हामी सबैले एकापसमा मिलेर सत्संग गरिरहेका छौ । हामी सबै एउटै ईश्वरका सन्तान हौ । जन्म लिसकेपछि हामीले विभिन्न कर्म गरेर जीवन बिताई रहेका हुन्छौ । यसको साथै सत्गुरु माता जीले हामीलाई ईश्वरको नाम लिएर ज्ञान मुताबिक कर्म गर्दै जान्छौ भने हाम्रो जीवन धन्य हुन्छ भन्ने कुरा सिकाई राख्नु भएको छ । अहिले यहाँ भवनको निर्माण कार्य पनि चलिरहेको छ । यसमा पनि हामी सबैले आ–आफ्नो तर्फबाट सबैको सेवा लागु हुन सकोस र भवनको सुन्दर रुप दिन सकियोस, उहाँले बताउनु भयो ।

सत्संग कार्यक्रममा गायक तेज बोहरा, धनंञ्जय, जय बहादुर साउँद (अछाम संयोजक), प्रेम, कला, जनक, बसन्ती, अमृता, अप्सरा, मौरी, सालीमान, हरि, निर्मला, प्रेम पायल, धर्म सिंह, कृपाराम, नरु, नरबहादुर, सन्तोष, कल्ला, सिता, गंगा र धनिरामले आ–आफ्नो भाव व्यक्त गरेका थिए भने कार्यक्रमको संचालन भीम बहादुर शाहले गरेका थिए ।

उक्त अवसरमा सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय अध्यक्ष र सचिवले निर्माण भइरहेको भवनको निरक्षरण गरेका थिए । भवन निर्माणमा नेपालको संघिय सरकारद्वारा १० लाख, प्रदेश सरकारद्वारा १३ लाख र सन्त निरंकारी मण्डल नेपालद्वारा १३ लाख गरि जम्मा ३६ लाखको लागतमा उक्त भवनको निर्माण हुन गइरहेको कुरा अछाम संयोजक जय बहादुर साउँदले बताउनु भयो ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.