एलन मस्क बने १४ औं सन्तानका पिता

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगीसमेत रहेका विश्वका एक नम्बर धनाढ्य व्यक्ति एलन मस्कल १४ औं सन्तानको पिता बनेका छन् । पत्नी सिभोन जिलिसबाट उनलाई हालै पुत्रलाभ भएको छ ।
क्यानेडाली नागरिक तथा मस्कको कम्पनी न्यूरोलिंककी निर्देशक ३९ वर्षीया जिलिसले ट्विटर (एक्स) बाटै आफूहरुको पछिल्लो उपलब्धी सार्वजनिक गरेकी हुन् । उनले लेखेको पोस्टमा मस्कले रिप्लाइ गर्दै लभ इमोजी राखेका छन् ।मस्क र जिलिसको यो चौथो सन्तान र दोस्रो छोरा हो। नवजात बच्चाको नाम सेल्डन लिकर्गुस राखिएको छ । बच्चाको जन्म कहिले भएको हो भन्ने जिलिसले खुलाएकी छैनन् ।

टेस्ला, एक्स तथा अन्तरिक्ष कम्पनी स्पेस एक्सका मालिक एलन मस्कका चार महिलाबाट १४ सन्तान छन् । पेज सिक्समा प्रकाशन भएको समाचारअनुसार मस्ककी पहिलो श्रीमती जस्टिन विल्सनबाट ६, पूर्वपे्रमिका ग्रिम्सबाट ३, जिलिसबाट ४ र लेखक एस्ली सेन्ट क्लेयरबाट एक सन्तान भएका छन् ।
सन् २०२१ को नोभेम्बरमा मस्क र जिलिसले आफूहरुलाई जुम्ल्याहा सन्तान प्राप्त भएको खुलासा गरेका थिए । त्यसको दुई सातापछि मात्रै मस्कले म्युजिसियन प्रेमिका ग्रीम्सबाट छोरी जन्माए । सरोगेट विधिबाट उनीहरुलाई पुत्रीलाभ भएको थियो । त्यसको तीन बर्षपछि २८ फेब्रुअरि २०२४ मा जिलिसबाटै तेस्रो सन्तानका रूपमा अर्की छोरी अर्काडिया जन्मिइन् । उनको पहिलो जन्मदिन मनाएलगत्तै जिलिसाले चौंथो सन्तान जन्माएकी हुन् ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
